यातायात मन्त्री ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै एमाले निकट अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ। बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडी मसाल जुलुस प्रदर्शन गरेको हो। उनीहरुले प्रकाश ज्वालालाई कारवाही गर, बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर लगायतका … Read more

कांग्रेस महासमिति बैठकः प्रतिनिधिले धारणा राख्ने क्रम जारी

ललितपुर। यही फागुन ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सदस्यले धारणा राख्ने क्रम जारी छ। ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी बैठकको तेस्रो दिन आज उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र … Read more

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका फेरि पनि पहिलो

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिका भन्दा भरतपुर उत्कृष्ट भएको हो । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका … Read more

कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि छलफल हुने

काठमाडाैं। सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेक थिए। त्यसैगरी महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी … Read more

पिठुवा खानेपानीको पद हस्तान्तरण

रत्ननगर । पिठुवा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा निर्वाचित कार्यसमितिलाइ पद हस्तान्तरण समारोह आज मंगलबार सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक दीपकप्रकाश सिवाकोटीको सभापत्वि र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले पद हस्तान्तरण गरेको थियो । … Read more

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

पाटन। हिजो सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेक थिए। त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र … Read more

कांग्रेस महासमिति बैठक : देउवालाई गठबन्धन टुट्ने डर

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ। सोमबार गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले पार्टीको चुनाव चिहृन रूखमा पानी सिञ्चन गरेर महासमिति बैठकको उद्घाटन गरेका हुन्। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म … Read more

कांग्रेस महासमिति बैठकको बन्द सत्र आज, विभिन्न प्रतिवेदन पेश गरिदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि चलिरहेको महासमिति बैठकको बन्दसत्रमा आज पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ। त्यस्तै, बैठकमा अर्थमन्त्रीसमेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्दैछन् … Read more

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे। सहकारीको महत्व र गरिमालाई कायम … Read more

समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्रीको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन्। प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका हुन्। उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको … Read more