नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त भएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा सोही संविधानको धारा, ८० अनुसार पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट … Read more

वालुवाटारमा तीन दलकाे बैठक जारी

काठमाडाैं। वालुवाटारमा तीन दलकाे बैठक बसिरहेकाे छ। नयाँ समिकरण बनेसँगै तीन दलबीच छलफल भएकाे हाे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको स्रोतले बताएका छन्। नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता … Read more

रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावनाः स्रोत

काठमाडौँ: रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ । हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो । सत्ता … Read more

सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन गरिने, अहिलेका सबै मन्त्री हटाइने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारमा नयाँ मन्त्रिपरिषद् गठन गर्ने भएका छन्। अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको स्रोतले बताएका छन् । नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन् । अहिलेको सत्ता गठबन्धन टुटाएर नयाँ गठबन्धन … Read more

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पष्ट पारेका छन् ।सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए । माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । आज … Read more

राष्ट्रियसभाका नव निर्वाचित सांसदकाे सपथ ग्रहण हुँदै

काठमाडौं। राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ। जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द … Read more

भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली

भरतपुर: नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताउनुभयो । अध्यक्ष … Read more

‘पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’

चितवन: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय … Read more

भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुनेछ: प्रधानमन्त्री प्रचण्ड

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष पर्यटन क्षेत्रमा ऐतिहासिक कदम हुने बताएका छन् । नारायणी किनारमा आज भएको भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले जंगलमा शिकार गरेको इतिहास बनाएको चितवनमा भ्रमण वर्ष ऐतिहासिक कदम हुने बताएका हुन् । उनले भ्रमण वर्षले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रियस्तरमा उकास्ने अपेक्षा गरेका छन् … Read more

भरतपुर भ्रमण वर्षको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

चितवन: भरतपुर भ्रमण वर्ष २०२४ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गर्दै छन् । नारायणी नदी किनारमा आज दिउँसो १ बजे भ्रमण वर्षको उद्घाटन गरिँदै छ । भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हिजो (बिहीवार) नै चितवन आइपुगेका छन् । उद्घाटन अघि पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरी विभिन्न स्थानबाट विविध झाँकीसहितको ¥याली निकाल्ने … Read more