विधान अधिवेशन अत्यन्त सभ्य भयो, प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छः अध्यक्ष प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अभिवेशन अत्यन्त सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलनपछि आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त सुझावका आधारमा ओजपूर्ण बनाउने विश्वास दिलाए। अध्यक्ष प्रचण्डले आगामी महाधिवेशनदेखि जनवादको आधारमा … Read more

कार्यकर्ताको भावना बुझेर निर्णय गर्नुपर्छ : महामन्त्री थापा

चितवन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आज यहाँ आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी भनेकै घर भएको उल्लेख गरे। महामन्त्री थापाले भने, ‘पार्टी भनेको घर हो। घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो।’ पार्टीभित्र … Read more

दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन हुन लागेको हो। राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन्। यसैबीच पूर्वराजा ज्ञानेन्द्र … Read more

मेयर हर्क साम्पाङले भने- अब चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्छु

सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भने, … Read more

सङ्क्रमणकालीन न्यायको विषय प्रक्रियामै गएर टुङ्ग्याउनुपर्छ: सांसद लेखक

महेन्द्रनगर। सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन्। हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि सारेर चुनाव लड्ने गरेका छौँ । सबै सांसदको समस्या यही हो । चुनावमा जाँदा जनताले विकासका कुरामात्र गर्छन् । हामी पनि उनीहरूसँग विकासको प्रतिबद्धता बढी मात्रामा व्यक्त गरिरहेका हुन्छौँ । … Read more

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकमा पार्टी रुपान्तरण अभियानको समिक्षा गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समिक्षा गर्ने भएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानमा बारेमा विस्तृत समिक्षा गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समिक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि … Read more

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा आज उनीसहित मन्त्रिपरिषद्का सदस्यहरुसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले भने, “संघीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो। यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र … Read more

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी … Read more

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छु : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले उद्योगी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि आफूले सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘तपाईंहरुले उठाउनुभएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले … Read more

केन्द्र र प्रदेश सरकारको बिबाद मिलाउन राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ । संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो । आज सिंहदरबारस्थित … Read more