झापामा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री

राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उहाँ गत एक महिना झापामा रहनुभएको थियो । यस अवधिमा उहाँको पुस्तक बिक्रीबाट रु दुई करोड २५ लाख सङ्कलन भएको छ । महाकालीबाट पुस्तक … Read more

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

नारायणगढ: आई स्टडी ग्लोबल चितवनले नयाँ व्यवस्थापनसहित औपचारिक रुपमा सेवा सुरु गरेको छ । नारायणगढको सहिदचोकस्थित आई स्टडी ग्लोबल चितवनको हिजोबाट औपचारिक रुपमा नयाँ व्यवस्थापनसहित सेवा सुरु भएको हो । युवा व्यवसायी तथा प्रवन्ध निर्देशक महेश लामिछानेको जन्मदिनको अवसर पारेर सेवा प्रारम्भ गरिएको हो । नयाँ व्यवस्थापनले यस अघि देखि सेवा सुरु गरेको भए पनि … Read more

स्थानीय सरकारको पहलः रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता

नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र … Read more

एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर … Read more

कन्या गुरुकुलमा लायन्स क्लब अफ चितवन राईजको खाना खुवाउने कार्यक्रम

चितवन, भाद्र ४ –लायन्स क्लब अफ चितवन राइजले तीजको अवसरमा देवघाटको कन्या गुरुकुलमा खाना खुवाएको छ । क्लबले देवघाटको गार्गी कन्या गुरुकुलमा तीजको अवसरमा खाना खुवाएको हो ।  अधिकारीले क्लबको नयाँ नेतृत्वको पदस्थापनको अवसर पारेर खाना खुवाएको क्लबका अध्यक्ष शिरिष पन्तले बताउनुभयो । आफ्नो कार्यकालमा सामाजिक कामलाई अघि बढाएर जनहितमा केन्द्रीत गर्ने अध्यक्ष  पन्तले बताउनुभयो … Read more

पूर्ण स्तनपानको अधिकारमा आमाहरू नै बाधक

तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाउनुभएन । निजामती सेवामा कार्यरत उहाँ कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्यो । “कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दूध खुवाउन पाइनन् । चाहेजति दूध खान नपाएपछि छोराले आफैँ खान छोड्यो … Read more

सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षरोपण अभियान सुरू गरिएको छ । वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यले थालिएको यस अभियानले चुरे क्षेत्रको हरियाली पुनःस्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष … Read more

खेल्ने क्रममा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी

विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी भएका छन् । अछामको रामारोशन गाउँपालिका–७ सुतारमा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी भएका हुन् । जिल्ला प्रहरी कार्यकाल अछामका अनुसार घर वरिपरि खेल्ने क्रममा च्याउ खाएपछि तारा भण्डारीका छोरा करिब २ वर्षीय युवराज भण्डारी, छोरी ४ वर्षीया रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन … Read more

काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिको न्यानो उपहार

तनहुँ– तहनुँको देबघाट गाउँपालिका ४ काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले न्यानो उपहार वितरण गरेको छ । भौगिलक दृष्टिले बिकट स्थानमा रहेको श्री राष्ट्रिय माध्यामिक बिद्यालयका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिले न्यानो उपहार अन्तर्गत शैक्षीक सामग्री वितरण गरेको हो । संस्थाका राष्ट्रिय अध्यक्ष मुक्तिनाथ सुबेदी, संस्थापक अध्यक्ष बसन्त गैरे, उपाध्यक्ष विवेक लामिछाने र … Read more

राधाकृष्ण नाच’ संरक्षणमा ताकमवासी

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजनकिर्तनको साथमा अभिनयसहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीय ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका … Read more