५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् । उनीहरूलाई ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको निर्माणाधीन घरमा शङ्कास्पद कारोबार भइरहेको सूचनाका आधारमा … Read more

देव र जिशु ‘मागी बिहे कि भागी बिहे’ सार्वजनिक

भरतपुर । देव आरएन र जिशु कोइरालाको नयाँ गीत सार्वजनिक भएको छ । देव र जिशु फिचर्ड ‘मागी बिहे कि भागी बिहे’ बोलको गीत आज (बिहीबार) सार्वजनिक भएको हो । उक्त गीत आज सेन्ट्रल कलेजको सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सार्वजनिक लोक पप जनराको रोमान्टिक गीतमा नन्दु राई र लक्ष्मी स्याङ्ताङले … Read more

काठमाडौँ–तराई र मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौँ–  काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने प्याकेज नं।२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीबार छिचोलिएको हो । बकैया र गढी गाउँपालिकामा निर्माणाधीन यो मार्ग जोडी सुरुङमध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग … Read more

भूकम्प पीडितका अस्थायी टहरा पहिरोको जोखिममा

रुकुमपश्चिम,  । रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ । निरन्तर वर्षाको कारण बाँकेडाँडाका करिब २० अस्थायी टहरा पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो । गत वर्षको कार्तिक १७ गतेको भूकम्पको कारण घर क्षती भएपछि अस्थायी आवासका लागि बनाएका टहरा नै पहिरोको जोखिममा … Read more

उमेर पुगेपछि सन्तानको विवाह गराउने अभिभावकलाई सम्मान

महोत्तरी,महोत्तरीको मटिहानी नगरपालिकाले उमेर पुगेपछि मात्रै सन्तानको विवाह गराउने ४९ अभिभावकलाई सम्मान गरेको छ। श्रीराम माध्यमिक विद्यालयस्थित सभा हलमा कार्यक्रम आयोजना गर्दै नगरपालिकाले अभिभावकलाई सम्मान गरेको हो। अभिभावकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र सशस्त्र प्रहरीका एसपी विनोद केसीसहितले संयुक्त रूपमा … Read more

भेरी करिडोरको रिम्ना सडक अवरुद्ध

सुर्खेत – भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताउनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र … Read more

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

भद्रपुर (झापा), १२ असार । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ। मादक पदार्थ सेवन, … Read more

प्रेमिकाले धोका दिएको भन्दै सम्हालिन नसक्दा परिवारमा बज्रपात

सुनसरी- प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त पार्ने निर्णय लिँदा उनको परिवारमा बज्रपात आइलागेको छ ।धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै आइतबार आत्महत्या गरेका हुन् ।लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ । उनले … Read more

किशोरीलाई आत्मरक्षा गर्न सिकाउँदै प्रहरी

म्याग्दीको दरबाङस्थित केवि एकेडेमीका किशोरीहरूलाई सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम दिने काम भइरहेको छ ।  तस्वीरः ध्रुवसागर शर्मा/रासस ।

रोपाइँको तयारी

रुपन्देहीको ओमसतिया गाउपालिकामा ‘पन्पिङ सेट’ले पानी तानेर खेत जोत्दै किसान । पानी पर्न ढिलो भएपछि यहाँका किसान पन्पिङ सेटबाट पानी तानेर रोपाइँको तयारीमा  लागेका छन् । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस