आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

काठमाडौं:  आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। … Read more

मेघौली उपभोक्ता समितिको रजत स्तम्भ अनावरण

चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ ले विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउन शुरु गरेको छ । सोमबार भरतपुर २७ मेघौलीमा समितिले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउन शुरु गरेको हो । सोमबारबाट शुरु भएको रजत जयन्ती समारोह मङ्गलबारसम्म चल्ने छ । रजत जयन्तीको अवसरमा … Read more

जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा

चितवन – जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा आएको छ । २०८० साउनमा भरतपुर १० स्थित स्याउलीबजारमा पहिलो शाखा सन्चालनमा ल्याएका चितवनका कृष्ण पौडेलले दोस्रो शाखा मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा ल्याएका हुन् । करिव १० बर्ष जापानको याप्पारी रेष्टुरेन्टमा काम गरेका पौडेलले नेपालमै पहिलोपटक चितवनको स्याउलीबजारमा सन्चालनमा … Read more

किन निशानामा छन् सलमान ?

सुपरस्टार सलमान खानलाई पटक-पटक ज्यान मार्ने धम्की आइरहेको छ । यसैले लामो समयदेखि उनी उच्च सुरक्षाको घेरामा छन् । यसका बावजूद आइतबार बिहान (करिब ५ बजे) उनको घर (ग्यालेक्सी अपार्टमेन्ट)बाहिर मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड ‘फायरिङ’ गरेपछि यतिबेला त्यहाँको माहोल तनावग्रस्त देखिएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सलमानको घरलाई लक्षित गर्दै … Read more

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’

काठमाडौं। नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ। नागढुँगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो। सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ … Read more

भरतपुरमा कारकाे ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते, कार चालक पक्राउ

चितवन:  भरतपुर महानगरपालिका–१० नारायणी नमुना मावि अगाडि आइतवार दिउँसो कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । आइतवार दिउँसो १२ः१५ बजेको समयमा बा ८ च ३६९ नम्बरको कारले बा प्र०३–००२ प ५२३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी गैडाकोट नगरपालिका–४ बस्ने … Read more

मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी … Read more

आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै

काठमाडौं: इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाको विशेष व्यवस्था गरेको मानिन्छ। इद उल् फित्रका अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। … Read more

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ। नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ। परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी … Read more

काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको … Read more