चैते दसैँको अवसरमा लाग्ने विक्रम बाबा मेला आजदेखि सुरु

चितवन:  चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजदेखि विक्रम बाबा मेला सुरु भएको छ । चैते दसैँका अवसरमा लाग्ने मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुन र नेपाली सेनाको खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले आज संयुक्त रुपमा विक्रम बाबाको पूजा आराधना गरी शुभारम्भ गर्नुभएको हो । मेला १५ दिनसम्म चल्नेछ । चैतेदसँैंलाई लक्षित … Read more

घोडे जात्रा पर्व आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं। आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ। टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको धार्मिक विश्वास छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाका तर्फबाट आज सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विभिन्न … Read more

इलाम–२ उपनिर्वाचनः त्रिपक्षीय भिडन्तमा कसको पल्ला भारी ?

काठमाडौं:  इलाम–२ मा रिक्त प्रतिनिधिसभाको १ सिटका लागि आउँदो १५ वैशाखमा हुन गइरहेको निर्वाचनमा स्वतन्त्रसहित २० जना उम्मेदवारको मनोनयन परेको छ । एक महिनादेखि गर्माएको इलामको निर्वाचनमा यसपटक पहिचानवादी र स्वतन्त्र उम्मेदवारले ठूला राजनीतिक दललाई चुनौती दिने देखिन्छ । इलाममा विगतका निर्वाचनभन्दा यसपटक फरक चित्र देखिएको छ । कोशी प्रदेशको नामलाई लिएर पहिचानवादी पक्षधरले विरोध … Read more

पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड

ताप्लेजुङ। ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन सात हजार बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन्। यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले जनाएको छ। पाथीभरा दर्शन … Read more

उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० तथा प्रदेशसभातर्फ १२ जनाको उम्मेदवारी

काठमाडौं। वैैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, … Read more

चितवनमा ४३ जना पत्रकारलाई पुरस्कार एवम् सम्मान

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले भव्य समारोहको आयोजना गरी ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कार वितरण गरेको छ । विसं २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्व अध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मान एवं विभिन्न विधामा नौ जनालाई पुरस्कृत गरिएको हो । शनिबार भरतपुरमा आयोजना गरिएको अग्रज पत्रकार सम्मान एवं … Read more

भरतपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा दुई महिला घाइते, एकको अवस्था गम्भीर

चितवन: भरतपुर महानगरपालिका–१० जेष्ठ नागरीकचोक नजिकै कार र स्कुटर एकआपसमा ठोक्किदा दुई महिला घाइते भएका छन् । चौबिसकोठिबाट मालपोतचोक तर्फ जादै गरेको बा १६ च ७०६८ नं.को कार र ना ४१ प ६५९२ नं.को स्कुटर बिहिबार राती अन्दाजी पौने १० बजे एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। घाइते मध्येकी स्कुटर चालक भरतपुर–१० … Read more

सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश

काठमाडौं। उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ। मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले आजको सुनुवाइपछि जिल्ला अदालत काठमाडौंको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उक्त आदेश दिएको हो। जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते बलात्कार मुद्दामा दोषी ठहर … Read more

उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै, भोलि दाबी विरोध

काठमाडौँ:  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । इलाम–२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा … Read more

स्थानीय तहमा १५ थरीका कर्मचारी, सेवाग्राहीलाई सास्ती

काठमाडौँ:  स्थानीय तहमा तीन वर्षअघि १० थरी कर्मचारी रहेकामा अहिले १५ थरी कर्मचारी पुगेका छन् । पालिकाले विभिन्न योजना र कार्यक्रममा कर्मचारी नियुक्ति गर्दा स्थानीय तहमा कर्मचारीको प्रकार बढ्दै गएका हुन् । स्थानीय तहमा थरी थरीका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष सजाय भने सेवाग्राहीले भोग्नुपरेको छ । थरी थरी कर्मचारीमार्फत सेवा प्रवाह हुँदा समग्रमा सङ्घ, … Read more