डिजेल, पेट्रोलको मूल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको आजको बैठकले बिहिबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो। पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। … Read more

कपिलवस्तु बस दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

लुम्बिनी। ‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन्। उनी छोरीसँगै काठमाडौं जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेकी थिइन्। सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज … Read more

गच्छदारले पाए सफाइ, तत्कालीन सचिव बस्न्यातसहित कर्मचारी र विचौलिया दोषी ठहर

काठमाडौं। ललिता निवासको सरकारी जग्गा प्रकरणमा कांग्रेस नेता तथा पूर्व मन्त्री विजय कुमार गच्छदारले सफाइ पाएका छन्। विशेष अदालतले बिहिबार गच्छदारसहित पूर्व पूर्व भुमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई आरोप दाबी पुग्न नसकेको भन्दै सफाइ दिएको हो। गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ … Read more

कपिलवस्तु बस दुर्घटना अपडेटः दश जना मृतकको सनाखत

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, … Read more

कपिलवस्तु बस दुर्घटना अपडेट: दश मृत्युकमध्ये तीन जनाको सनाखत

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका … Read more

उद्योग वाणिज्य संघ-चितवनको स्थापना दिवस : करदाता सहायकता कक्षदेखी विभिन्न व्यवसायिक फर्ममा छुटको व्यवस्था

चितवन । उद्योग वाणिज्य संघ-चितवनले आज बुधबार विविध कार्यक्रमको आयोजना गरि ६४ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम देखी करतदाता सहायताकक्षको उद्घाटन, दिपप्रज्ववलन लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरु सँग छुटको सम्झौता गरि मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ … Read more

दुईसय भन्दा बढि कैदी बन्दि घरेलु उद्योगमा

चितवनः कारागार भन्ने बित्तिकै बिभिन्न अपराधमा संलङ्न भएर सजाय काट्न पठाईने ठाउँको रुपमा चिन्ने गरिन्छ । तपाई हाम्रो समाजमा हुने गरेका अपराधको सजाय भोग्नेहरु अहिले कारागारमा बसेर के गरिरहेका छन् भन्ने तपाई हामीलेनै सोचि रहेका छौ । तर कारागार कार्यालय चितवनमा रहेका कैदी वन्दी मध्ये २ सय भन्दा बढि घरेलु उद्योगमा व्यस्थ रहने गरेका छन् … Read more

व्यवसायी पण्डितले गरे पुख्र्यौली थलोमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरका उपेन्द्र पण्डीतले आफ्नो पुख्र्यौली थलो तनहुँको रतनपुर पुगेर एक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । भानु नगरपालिका वडा नम्बर १२ को श्री राष्ट्रिय जलदेवी आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई उहाँले आज शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र बिद्यालयलाई आबश्यक नक्सा, ग्लोब जस्ता सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । सो बिद्यालयमा … Read more

चितवन मेडिकल कलेजले रचनात्मक कार्यक्रम गरी मनायो १७ औं बार्षिकोत्सव

चितवन । चितवन मेडिकल कलेजले आफ्नो स्थापनाको १७ औँ वार्षिकोउत्सव विभिन्न रचनात्मक कार्यक्रम गरि मनाएको छ । कलेजले आज भरतपुरस्थित कैलाशनगरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सिएमसीले संस्थागत … Read more

आज वसन्त पञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

काठमाडौं। आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा … Read more