बिस्केटका दुई वटा लिङ्गो ल्याइयो

भक्तपुर। भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरुप भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा उक्त … Read more

‘आइटी हब’ को गुरुयोजना बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आइटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा काम अघि बढाएको छ । युएसएआइडीले परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेर काम अघि बढाएको हो । युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ । महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलोमध्येको … Read more

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामग्री

भरतपुर । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल सामग्री दिइएको हो … Read more

अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार, विदेशी मुद्रा सञ्चिति ६ महिनामा १८ प्रतिशतले वृद्धि

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ। गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड … Read more

केन्द्र र प्रदेश सरकारको बिबाद मिलाउन राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ । संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा गत असारको पोखरा बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन नभए पछि परिषद्को दोस्रो बैठक आज हुन लागेको हो । आज सिंहदरबारस्थित … Read more

बेहुली नबन्दै अस्ताइन रञ्जु, बिबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान

इनरुवा। सुनसरीको कोसी गाउँपालिका-३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो। सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो। छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका … Read more

महिला आवाज नेपालद्वारा अति विपन्न परिवारलाई फाईबर-सिरक र खाद्यान्न वितरण

निजगढ । शितलहरले मधेशमा चिसो बढेपछि जाडोबाट बचाउन बाराको महिला आवाज नेपाल, निजगढ संस्थाद्वारा मंगलबार न्यानो फाइबर-सिरक र खाध्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल महिला आवाज संस्थाले बारा निजगढ नगरपालिका वडा नम्बर ५ का अति विपन्न परिवारलाई उक्त सामग्री वितरण गरेको हो । संस्थाले गरिबीको रेखामुनी रहेका अति विपन्न समुदायका ५ परिवारलाई सो … Read more

संसदीय समितिद्वारा नागढुङ्गा सुरुङमार्गको स्थलगत निरीक्षण

कीर्तिपुर । राष्ट्रियसभा सदस्यले झिनामसिना समस्या समाधान छिट्टै गर्न सके आगामी वर्षसम्मभित्र नागढुङ्गा सुरुङमार्ग प्रयोगमा आउन सकिने बताएका छन् । यसका लागि सरकारी संयन्त्रको ध्यानाकर्षण गराइने र आवश्यक निर्देशन दिइने छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले आज उक्त स्थानको स्थलगत अवलोकन गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै समितिका सभापति प्रकाश पन्थले निर्माण प्रगति सन्तोषजनक भए … Read more

तामाङ समुदायले विभिन्न कार्यक्रम गरि धुमधाम रुपमा सोनाम ल्होछार मनाउंदै

चितवन । भरतपुर महानगरपालिकाभित्रका तामाङ समुदायले विगत डेढ दशकदेखि निरन्तर रुपमा सोनाम ल्होछार मनाउँदै आएका छन् । विगतमा झैँ यसपटक पनि तामाङ जातिहरुको महान साँस्कृतिक पर्व नयाँ वर्ष मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार डुक ल्हो (मु मुप्रि ल्हो) माघ २७ गते मनाउने तयारी तिब्र पारिएको भरतपुर नगर तामाङ समाज चितवनका अध्यक्ष सूर्यप्रकाश लामाले सोमबार पत्रकार … Read more

त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी महिलाको उद्धार

चितवन । त्रिशुलीमा हामफालेर आत्महत्या प्रयास गरेकी एक महिलाको उद्धार गरिएको छ । आज बिहान .८ बजेर ३५ बजेको समयमा जिल्ला चितवन इच्छाकामना गाउंँपालिका वडा नम्बर ५ मुग्लिङ त्रिशुली नदी किनार स्थित बाट परिचय नखुलेकी अन्दाजी २५ वर्षकी महिलाले हामफाली आत्महत्या गर्न प्रयास गरेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आत्महत्याको प्रयास गरेको खबर … Read more