आदर्श गृहले गर्यो अस्मिताको कन्यादान

चितवन, २२ माघ । विगत आठ वर्षदेखि भरतपुरको आदर्श गृहको संरक्षणमा हुर्किएकी अस्मिता तिवारीको आइतबार धूमधामसँग विवाह भयो । विसं २०७२ मा बाँकेको कोहलपुरबाट ल्याएर आश्रयसँगै शिक्षादीक्षा दिएको संस्था आदर्श गृहले अस्मितालाई आइतबार बेहुली बनाएर पठाएको हो । स्याङ्जाको वालिङ घर भई हाल भरतपुर–७ कृष्णपुरमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएका मणि सुवेदीसँग २३ वर्षिया अस्मिताको … Read more

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना : ३ महिनाकाे अनुसन्धानपछि चौधरी पक्राउ

काठमाडौं। व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ । बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई विना अनुसन्धान पक्राउ गरेको … Read more

अरुण चौधरी पक्राउबारे विनोद चौधरी भन्छन्– हाम्रो परिवारमाथि प्रतिशोध साँधियो

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल भएको छ । सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित … Read more

आज माघ १९, उन्नाइस वर्षअघि राजाले शासन हातमा लिएको दिन

काठमाडौं। आज माघ १९, अर्थात १९ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन। उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए। उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए। २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत शासनसत्ता आफैंले चलाउने घोषणा गरेका थिए। … Read more

गैंडाकोटमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु, बस चालक भरतपुरका रानाभाट पक्राउ

नवलपुर: गैंडाकोटमा रहेको साईनिङ आवासिय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको ज्यान गएको छ । गैडाकोट नगरपालिका–६ स्थित माईली साईली चोकको भित्री सडक खण्डमा विद्यालयको ना १ क ३६६७ नम्बरको बसले सोही स्कुलबाट माईली साईली चोक तर्फ जाने क्रममा शोभा थापा मगरको ५ वर्षीय छोरा स्वस्थि बाचेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले … Read more

नारायणगढ–मुग्लिन सडक थप तीन साता दिउसोमा बन्द हुने

भरतपुर: नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउसको समयमा बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम … Read more

व्यवसायी चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासरमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ । बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वलिकको कार्यालय हुँदै अदालत पेश गरेको थियो । अदालतले सिजी होल्डिङ्सका अध्यक्ष चौधरीका साथै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष … Read more

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ । भूकम्पका कारण क्षतिग्रस्त दरबार, मन्दिरलगायत परिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित … Read more

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षादेखि हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम … Read more

सौराहामा सार्क स्तरीय फिल्म फेस्टिबल सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा विहीबार देखि सौराहा साउथ एशियन फिल्म फेस्टिबल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा फेस्विलको आयाेजना गरेकाे हाे । रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकाेटा प्रमख अतिथि रहेकाे उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक … Read more