लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेनजीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो । “संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि … Read more

गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव

गुठीचौर गाउँपालिकाले प्याराग्लाइडिङ महोत्सवको आयोजना गरेको छ । गुठीचौरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो पटक आजदेखि प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार यहाँ यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउन महोत्सव आयोजना गरेको उहाँले बताउनुभयो । प्याराग्लाइडिङका लागि सेवा शुल्क गाउँपालिकाभित्रका पर्यटकका लागि रु … Read more

कांग्रेस चितवनले मनायो ११ औं संविधान दिवस

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले शुक्रबार ११ औं संविधान दिवस मनाएको छ । ‘संविधान कार्यान्वयनका चुनौती र समाधान’ विषयक विचार गोष्ठी गर्दै कांग्रेसले संविधान दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेपालको संविधान आवश्यक संशोधन गरी जेन–जी पुस्ताको अपेक्षा अनुरूप स्थायी सरकार निर्माण र भ्रष्टाचारमुक्त समाज स्थापना गर्नुपर्नेमा … Read more

‘पार्टी नेता, कार्यकर्ताबाट रु १० सहयोग उठाएर कांग्रेसका पार्टी कार्यालय पुनःनिर्माण गर्छौं’ : कांग्रेस उपसभापति धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उहाँले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गर्नुभयो । उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण … Read more

अलैँचीको बजार मूल्यमा गिरावट

नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ … Read more

शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट, १२ टाँका लगाइयो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । … Read more

अमेरिकाको नागरिकता लिन लिखित परीक्षा पास गर्नुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन प्रणालीलाई सुदृढ गर्ने अभियानअन्तर्गत अमेरिकाको नागरिकता लिन चाहनेहरूले नागरिकको लिखित परीक्षा पास गर्नुपर्ने सन् २०२० को पुरानो व्यवस्थालाई फेरि लागु गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता र अध्यागमन सेवाले यसै सिलसिलामा नागरिकशास्त्र परीक्षाको एक नयाँ संस्करणको घोषणा गरेको छ । यो नियम यसै वर्षबाट लागु हुनेछ । अमेरिकी … Read more

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका … Read more

‘संविधानलाई कमजोर बनाउन दिने छैनौँ’ : एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताउनुभयो । “हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ … Read more

राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गर्नुभएको छ । संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा रासससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई … Read more