छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही

काठमाडौँ । ठमेलस्थित छाया कम्प्लेक्सका सम्बन्धमा लामो समयदेखि बहस हुँदै आएको छ । न्यायालयसम्म पुगेको विषयलाई लिएर सामाजिक सञ्जालदेखि चोक-चौतारो, मिडियासम्ममा बहसमात्र हैन, ठहर तथा फैसलासरह निष्कर्ष आउने गरेको छ । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा उचाइ दिने, एकै ठाउँमा विविध पर्यटकीय केन्द्र बनाउने उद्देश्यसहित निर्माण गरिएको आधुनिक व्यावसायिक कम्प्लेक्समाथिको यस्तो बहसले केवल एउटा भवन वा … Read more

पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध

चितवन। मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ ।  आज बिहान ११ : ४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६ स्थित पानीधारा भन्ने स्थानमा पहिरो खसेको हो । सडक दुवैतर्फ ठप्प भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । ट्राफिक … Read more

रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा

काठमाडौँ । सङ्गीत रोयल्टी समाज नेपालले रोयल्टी नतिर्ने देशभरका १०३ वटा संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । पटक–पटक पत्राचार गर्दा पनि रोयल्टी तिर्न आनाकानी गर्दै आएका ती संस्थालाई समाजले कारबाहीका लागि सिफारिससहित जाहेरी दिएको हो । स्रष्टा–सर्जकको बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३ ले संरक्षण गरेको छ । सोही ऐनको, २०५९ को … Read more

रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी

काठमाडौँ । रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार चितवनमा जारी निर्वाचनमा विश्वकर्मा र डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरीको उम्मेदवारी परेको हो । सहमहामन्त्री महिलातर्फ १ जना निर्वाचित हुने व्यवस्था छ ।

भारतले एलपीजीमा लगाइएको प्रतिबन्ध हटायो

नयाँदिल्ली । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो । पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर–घरेलु प्याक गरिएको एलपिजीमाथिको प्रतिबन्ध … Read more

होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या

काठमाडौँ । भक्तपुरमा मदिरा पिउने क्रममा ‘विवाद’ हुँदा एकजना युवकको हत्या भएको छ । असार ८ गते राति भक्तपुर नगरपालिका वडा नम्बर–१ मा महोत्तरी घर भएका आकाश रासाइली स्थानीय होटलमा थिए । अर्को टेवलमा ३ जना युवाहरू मदिरा पिउँदै थिए । महोत्तरीको मिथिला नगरपालिका–९ घर भएर नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय रसाइली ट्याटु आर्टिष्ट … Read more

मण्डलामा अब ‘इजलास’ मञ्चन हुने

काठमाडौँ । थापागाउँमा अवस्थित मण्डला थिएटरमा नाटक ‘इजलास’ मञ्चन हुने भएको छ । गत आइतबार (७ असार)मा ‘लाहुरी भैँसी’ नाटकको मञ्चन सकाएसँगै मण्डला ‘इजलास’को तयारीमा जुटिसकेको छ । मूल लेखक विजय तेन्दुलकर, भावानुवाद विजय विस्फोट (जे.बी. देउजा) रहेको नाटकका निर्देशक गुञ्जन दीक्षित हुन् । नाटक असार १९ देखि श्रावण १० गतेसम्म मञ्चन हुनेछ । भर्खर … Read more

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन रु चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ । प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलनको मुख्य आयस्रोतका उनका … Read more

गाजामा तत्काल निर्बाध सहायता वितरण सम्भव गराउन खाडी मुलुकको जोड

काठमाडाैँ । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिँदै यस्तो सम्वेदनशील विषयलाई सामूहिक सजायको माध्यम वा राजनीतिक दबाबको औजारको रूपमा प्रयोग नगर्न सुझाएको छ । गाजा पट्टीको मानवीय अवस्थाबारे सुरक्षा परिषद्को आपतकालीन सर्तमा अरब समूहको तर्फबाट गरिएको सम्बोधनमा साउदी अरेबियाले यस्तो बताएको जनाइएको छ । प्यालेस्टिनी सवाल मध्यपूर्वमा … Read more

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १०ः०० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। “मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी … Read more