एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँले तोडफोड र आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रङ्गरोगनका काम … Read more

माइक्रो बस दुर्घटना अपडेटः चितवनकी एक महिलाको मृत्यु

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन् । दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी ती महिलाको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । चितवनबाट लमजुङतर्फ … Read more

चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ … Read more

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, केही ठाउँमा भारी हिमपात र वर्षा हुने

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भइरहेको छ … Read more

मोन्थाका कारण भारतमा रेड अलर्ट जारी

भारतको मौसम विभागले बङ्गालको खाडीमा उठिरहेको समुद्री आँधी ‘मोन्था’सँग सम्बन्धित रेड अलर्ट जारी गरेको छ । विभागले मंगलबार आँधी गम्भीर बन्न सक्ने बताएको छ । ‘मोन्था हाल पश्चिम–मध्य बङ्गालको खाडीमाथि, गोपालपुरबाट लगभग ५५० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ’ भुवनेश्वरस्थित मौसम विभागका निर्देशक डा। मनोरमा मोहन्तीले समाचार एजेन्सी एएनआईलाई बताइन् । आँधी उत्तरपश्चिमतिर सर्दै गइरहेको र मंगलबार … Read more

थारू कवि भजुमनराम महतोको कृति ‘कविता माला दिउवा’ लोकार्पण

थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक धरोहरलाई नयाँ ऊँचाइमा पु¥याउने उद्देश्यका साथ अग्रज लेखक एवम् कवि भजुमनराम महतो कृति थारू भाषाको कविता सङ्ग्रह ‘कविता माला दिउवा’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि थारू लेखक संघका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ थारू साहित्यकार कृष्णराज सर्वहारीले कृतिको लोकार्पण गर्नु भएको हो … Read more

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनको आग्रह

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै डाँडा, कोरीलगायतका ठाउँमा मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह गरिएको … Read more

आगामी पुसमा बाघ गणना गरिने

आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज … Read more

आज पनि २९०० घट्यो सुनको मूल्य

आज (मंगलबार) नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो । यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० … Read more

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम … Read more