अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व ९खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गर्नुभएको थियो । उहाँले नोभेम्बर १ देखि … Read more

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन … Read more

रातका समयमा हाम्रो बस्तीलाई सुरक्षा चाहियो : राउटे समुदायका युवा

राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । त्रास सिर्जना गर्ने युवाकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको … Read more

आईसीसी टी-२० विश्वकप छनोटः नेपालले आज युएईसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ। सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दा यस खेललाई नेपाल क्रिकेट संघ–क्यानले एल … Read more

‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्य अगाडि बढाएको छ । आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यार्थीको सफलता दर वृद्धि र विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्न आवश्यक अगाडि बढाइएको हो । नगरप्रमुख हेमराज ओझाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “एसइई परीक्षामा कुनै विद्यार्थी पछि … Read more

वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा … Read more

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ । रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुनुहुन्छ । करिब १० वर्ष विदेशमा बिताउनुभएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारीखेतीमा लाग्नुभएको छ । राईले अहिले गोलभेँडा, … Read more

चितवनले नसम्झेको व्यक्तित्व बखानसिंह गुरुङः जीवन इतिहासको साहित्यिक पुनर्संरचना ‘बखान’

जनकवि धरणीधर कोइरालाको भनाइमा साहित्य समाजको ऐना हो । जसमा समाजका बहुआयामिक पक्षहरू अनुभव, विचार, भावना, कल्पना र जीवनका विविध पक्षहरूलाई सौन्दर्यपूर्ण र सृजनात्मक भाषामा अभिव्यक्त गरिएको हुन्छ । वरिष्ठ पत्रकार वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’ले पनि नेपालको राजनीतिक विकासक्रम र खासगरी चितवनको राजनीतिका अतिरिक्त सामाजिक, आर्थिक, पर्यापर्यटन, वातावरणका अतिरिक्त बसाइँसराइ र यसका प्रभावहरूलाई अत्यन्त … Read more

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् । कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् । ‘दुःखद घटना … Read more

पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ११ बजे चंखेली गाउँपालिका(६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप सडकबाट ३ सय मिटर तल खसेको हुम्ला जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा चंखेली गाउँपालिका(६ का वसन्ती बुढा, … Read more