देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो । बाढीबाट नोक्सान भएको कृषि वस्तुको प्रकार, परिमाण, पशुपंक्षीको नोक्सानी, गोठमा भएको क्षतिको अवस्था तथा व्यावसायिक फार्म, प्रभावित … Read more

शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेना १४औँ डफ्फा बदली भएको छ । नयाँ गोरख गण शान्ति सेना १५औँ डफ्फाका १७५ जना शान्ति सैनिकको टोली आज कार्यक्षेत्र दक्षिण सुडान प्रस्थान गरेको छ । श्रीनाथ गणका १७६ जना सोमबार फिर्ता भएका सैनिक जनसम्पर्क निर्देशनालयले … Read more

विपद्मा बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिइने

विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपद्मा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ । सो निर्णयसँगै उक्त कार्यमा खटिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । अवरुद्ध सडक खुलाउन, अव्यवस्थित यातायातलाई सहज बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी तत्काल व्यवस्था … Read more

जमरा सेलाउन गएका पुरुष नारायणी नदीमा डुबे

जमरा सेलाउन गएका एक पुरुषलाई नारायणी नदीले बगाएको छ । आज बिहान करिब ७ बजेको समयमा भरतपुर महानगरपालिका १६ फुर्तिचोक बस्ने ५५ वर्षिय गोपाल शर्मा पौडेल भगेरीथानस्थित नदी किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएको थियो । उनि ना ६१ प ४९३६ नम्वरको स्कुटर चढेर नदी किनारमा जमरा सेलाउन पुगेका थिए । उनको खोजीका लागि वडा … Read more

चितवनमा बढी भाडा असुल्नेलाई सवारीसाधनका चालक र धनीलाई कारबाही

राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा … Read more

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी र शिशुको उद्धार

भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे … Read more

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । “नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु । म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा … Read more

महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी

महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । … Read more

सुनको मूल्य निरन्तर अकासिँदै , कतिमा हुदैँ छ कारोबार ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई … Read more

प्रधानमन्त्री कार्कीलाई सामाजिक सञ्जाल मार्फत शाहीको सुझाव

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासनमा चलाउन सुझाव दिएका छन्। उनले भनेका छन् , “सम्माननीय प्रधानमन्त्रीज्यू देश विधिको शासनमा चलाउनुहोस । आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस शहीद,र घाइते एवं पीडित लाई न्याय दिनुहोस् यो देश कुनै एउटा समूह कुनै एउटा व्यक्तिको होइन यो सबैको साझा मुलुक हो। त्यसैले बिदेशी … Read more