सिंहदरबार पुनःनिर्माणमा बागलुङ कलाकार समाजको हातेमालो

‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ । समाजले यही असोज ६ गते काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो । पुनःनिर्माण कोषमा संस्थाकोतर्फबाट रु ५० हजार राखेर अभियान सुरुआत गरिएको समाजका … Read more

बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी

घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउनुहुन्छ । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गर्नुभएका उहाँ यही व्यवसायमा … Read more

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

जिल्लाको बर्दिबास नगरपालिका-३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ । बर्दिबास-३ को चुरेकाछको बस्ती कालापानीका २१० परिवार उपभोक्ता रहेका यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्ण रूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको हो । करिब तीन सय ५९ हेक्टरको कालीदमार र तीन सय ५० … Read more

सुनचाँदीको मूल्य निरन्तर अकासिदैँ , कतिमा हुदैँ छ कारोबार ?

विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु … Read more

नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले फिलिपिन्सको राजधानी मनिलामा आगामी मङ्सिर २३ मा ‘मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम … Read more

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौडः ३६ को मृत्यु, ४० घाइते

भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम। सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएकोहो । र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक … Read more

देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

देश विध्वंस र शोकको स्थितिमा रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र दसैँ मनाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आइतबार (असोज १२) जारी बडादसैँको शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गदैँ … Read more

वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित

गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्‍याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा गुरुङ संस्कार अनुसार … Read more

चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले महोत्सवको माध्यमबाट चितवनको खेल क्षेत्रको विकाससँगै धारासायी अवस्थामा पुगेको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव चितवनको नारायणी किनारमा कात्तिक १८ देखि मंसिर २ गतेसम्म सञ्चालन हुन आयोजकले शनिबार (आज) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी … Read more

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य भएको बताउनुभएको छ । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण … Read more