चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा

चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर १०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ्ग स्टोर सञ्चालनमा आएका हुन् । चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिविसी) र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सवेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको हो । चितवन … Read more

बन्द भएको ४५ घन्टापछि सञ्चालनमा आयो नारायणघाट–मुग्लिन सडक

तुइन खोलाको पहिरो पन्छाएपछि नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आएको छ। सुरूआतमा मोटरसाइकललाई आवातजावत गर्न दिइएको छ। यो सडक शुक्रबार राति ७ बजेदेखि अवरूद्ध भएको थियो। यहाँ सडक डिभिजन कार्यालयले नारायणघाटतर्फ एउटा लोडर र एउटा एक्साभेटर, मुग्लिनतर्फ २ वटा लोडर र एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाएको थियो। बेला–बेलामा पहिरो झरिरहेकाले काम गर्न अप्ठेरो भएको उक्त कार्यालयका … Read more

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनीका हुँदा क्षति भई बन्द गरिएका सेवाहरू आजदेखि सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्र निर्माणलगायत सेवा सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका हार्दिक न्यौपाने … Read more

दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै

हिन्दू नेपालीहरूको मुख्य चाड बडादसैँ नजिकएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नेपाली घर फर्कन थालेका छन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट रोजगारीका लागि गएकाहरू स्वदेश फर्कन थालेका हुन् । बैतडीसहित सुदूरपश्चिमका विभिन्न नाकाबाट स्वदेश फर्कनेको सङ्ख्या बढेसँगै सवारीसाधनमा यात्रुको घुइँचो बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाटबाट घर फर्कने … Read more

माटो खन्न गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। उदयपुरको त्रियुगामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो। त्रियुगा नगरपालिका-६ स्थित चुरे जंगलको गेरुवा खोलामा माटो खनिरहेकी २४ वर्षीया रमिला राईको माथिबाट खसेको ढिस्कोले पुरिएर आज घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार माटो खन्ने क्रममा एक्कासी … Read more

बुटवलमा मृत फेला परे प्रहरी जवान

बुटवलमा एक प्रहरी जवान मृत फेला परेका छन् । बुटवल राजमार्ग चौराहास्थित प्रहरी तालिम केन्द्र बुटवलमा प्रहरी जवान मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार केन्द्रमा कार्यरत बाँकेको राप्ती सोनारी गाउँपालिका(३ घर भएका २४ वर्षीय श्याम चौधरी रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेको हुन् । … Read more

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी … Read more

सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक

गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो । आजदेखि सडक सञ्चालन भएसँगै यात्रु गन्तव्यमा लागेका छन् । उक्त … Read more

लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ’

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज आफ्नो निवासमा पत्रकार सम्मेलन गरी जेनजीको प्रदर्शनका क्रममा घुसपैठ गर्ने केही समूहले लोकतान्त्रिक मूल्यमान्यताप्रति आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो । “संसद् नभए पनि हामीले यसको विरोध गरेका छैनौँ, तथापि यो संविधानसम्मत बाटोबाट अगाडि बढ्नुपर्छ, संसद् भएरै पनि … Read more

गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव

गुठीचौर गाउँपालिकाले प्याराग्लाइडिङ महोत्सवको आयोजना गरेको छ । गुठीचौरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो पटक आजदेखि प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार यहाँ यसअघि प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गुठीचौरको प्रचारप्रसार र पर्यटकीय गतिविधि बढाउन महोत्सव आयोजना गरेको उहाँले बताउनुभयो । प्याराग्लाइडिङका लागि सेवा शुल्क गाउँपालिकाभित्रका पर्यटकका लागि रु … Read more