लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार

यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा पछिल्लो तीन वर्षयता आँखासम्बन्धी समस्या भएका नगरबासीको निशुल्क उपचार गर्दै आएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । लहान–१५ ढोड्नामा आज सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरको … Read more

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको … Read more

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ: महेश बस्नेत

नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द … Read more

आफूलाई पक्राउ गरेर देखाउन महेश बस्नेतको चुनौती

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन् । नेता बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको … Read more

राससले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस)ले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन तथा निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले राससमा कार्यरत पत्रकार र कर्मचारी जुनसुकै विचार र आस्थामा आबद्ध भए पनि संस्थाको बृहत्तर हितका पक्षमा एक हुनुपर्ने बताउनुभयो । “राससमा कार्यरत … Read more

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गर्नुभयो । … Read more

मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जितको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले पाँच खेलको उक्त शङ्खला जितेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी … Read more

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । बुधवार २ हजार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ३५ हजार ४ सय रुपैयाँमा कायम थियो भने आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ । … Read more

अनुदान पाएपछि व्यावसायिक तरकारीखेती

वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका–३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् । उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताउनुभयो । “चार वर्षदेखि सागसब्जी लगाउँदै छु”, उहाँले भन्नुभयो, “वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन … Read more

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि रु १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत … Read more