राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताउनुभएको छ । उहाँले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताउनुभयो । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यहाँका विद्यार्थी केबल शिक्षित मात्र होइन, सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन् । स्वदेशमै उत्कृष्ट शिक्षा … Read more

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्स् राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल कला परिषद्द्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा … Read more

भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्था सहनु परेको बताए। भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उन र उनजस्तै हजारौं नागरिकको पीडामा यही समयमा आएको वर्षाले नुनचुक छर्ने काम गरेको छ। पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौं गाउँलेले आफ्नो गाउँलाई ‘सरकार … Read more

निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण

निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ । मन्त्रालयले आज बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । निजामती सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा ऊर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटोछरितो रुपमा आमनागरिकलाई सेवा प्रदान गर्न कर्मचारी … Read more

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य … Read more

ब्लक गरियो फेसबुकको वेब संस्करण

नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । नेपालमा दर्ता … Read more

अफगानिस्तानमा फेरि भूकम्प

अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८ः५६ बजे भूकम्प गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए।

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो । नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले बस्तीबस्तीमा सञ्चालन गरेको जाँच अभियानमा यसपालि एक सय ४५ जना … Read more

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल ९ड्रागनफ्रुट० खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो । सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित हुनुभएको हो । माँ अम्बे अलौकिक कृषि फार्म गर्दा गरी उहाँले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गर्नुभएको हो … Read more

रक्तसञ्चार केन्द्रमा छैन रगत वर्गीकरण गर्ने मेसिन

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने ९कम्पोनेन्ट मेसिन० नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ । रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिजमात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन । कसैलाई … Read more