देशले सङ्गठको सामना गर्नुपरेको उल्लेख गर्दै पूर्वराजा शाहद्वारा चिन्ता व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी राजदरबार छोडेको करिब दुईदशक बित्दा पनि देशले सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे स्मरण गर्नुभएको छ । उहाँले आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व … Read more

कांग्रेस विशेष महाधिवेशन सुरु

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभयो । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका … Read more

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

यहाँको बेनी नगरपालिका–७ मङ्गलाघाटका २० वर्षीय राजन पौडेलले मङ्गलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ सञ्चालन गरी मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले मेसिनको सहायताले कपडा धुने कामबाट दैनिक दैनिक रु १० हजार बढी कमाइ गर्दै आउनुभएको हो । वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला जाँगर र आँट हुने हो भने गाउँमा बसेर उद्यमबाट … Read more

चितवनको खैरहनीमा हुने खिचरा महोत्सवको तयारी अन्तिम चरणमा

थारू संस्कृति जोगाउनका लागि यही पुस २९ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा ११ औँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । माघी … Read more

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले … Read more

पशुपक्षीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह

पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन (एफएओ) काठमाडौँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपक्षीमा जथाभावी एन्टिबायोटिकले समस्या बढाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो । बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाहबिना उपचार गर्ने र अनावश्यक औषधिको प्रयोगले … Read more

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका … Read more

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरुपमा पुनर्निर्माण गरिएको छ । करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० … Read more

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

चितवनको सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखिएको छ । आज (आइतबार) बिहान सिमलतालबाट केही तल तनहुँतर्फ पर्ने नदी किनारमा बालुवामा पुरिएको अवस्थामा गाडीका पाटपुर्जा भेटिएको हो । सिमलतालबाट करिब २ सय मिटर तल पारिततर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए । २८ असार २०८१ मा सिमलतालस्थित … Read more

२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघआ अनुसार गएको बुधबार र बिहीबार दुई दिन लगातार घटेको सुनको मूल्य शुक्रबार र आज फेरि बढेको हो। गएको शुक्रबार तोलामा २१ सय बढेको सुनको मूल्य आज २८ सय बढेर दुई लाख ७० हजार ६ सय पुगेको महासंघले महासंघले जनाएको छ … Read more