दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर

दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूको उद्धार … Read more

शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ । युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै … Read more

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरुले यो सेवा लिएका हुन् । गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरुले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् । रु चार करोड … Read more

भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका महतोको शव फेला

भैसी चराउन जाँदा चितवनको खगेरी खोलामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार दिउसो २ बजेको समयमा कालिका नगरपालिका ५ खगेरी खोलास्थित कमिनी घाटमा भैसी चराउन जाने क्रममा कालिका नगरपालिका ५ भिमवली पार्कका ७२ वर्षिय डकुवा महतोलाई एक्कासी आएको बाढीले बगाएको थियो । उनको शव आज (बिहिबार) फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले … Read more

सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ । कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गर्नुभयो । त्यस अवसरमा … Read more

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए । उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई … Read more

एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर … Read more

कन्या गुरुकुलमा लायन्स क्लब अफ चितवन राईजको खाना खुवाउने कार्यक्रम

चितवन, भाद्र ४ –लायन्स क्लब अफ चितवन राइजले तीजको अवसरमा देवघाटको कन्या गुरुकुलमा खाना खुवाएको छ । क्लबले देवघाटको गार्गी कन्या गुरुकुलमा तीजको अवसरमा खाना खुवाएको हो ।  अधिकारीले क्लबको नयाँ नेतृत्वको पदस्थापनको अवसर पारेर खाना खुवाएको क्लबका अध्यक्ष शिरिष पन्तले बताउनुभयो । आफ्नो कार्यकालमा सामाजिक कामलाई अघि बढाएर जनहितमा केन्द्रीत गर्ने अध्यक्ष  पन्तले बताउनुभयो … Read more

गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित गुरुङ भाषाको ‘तमू कए’ पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताउनुभयो । कुनै समुदायको अस्थित्व … Read more

नेपालको लगातार दोस्रो जित

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार पाल्मेर्स्टोनमा सम्पन्न आफ्नो पाँचौँ खेलमा सोमपाल कामी चम्किएपछि नेपालले मेलबर्न रेनेगार्ड्सविरुद्ध ३३ रनको जित निकालेको हो । मेलबर्नका अर्जुन नायरले २६ रन बनाए र जाई लेसिमरले १८, ह्यारी डिक्सोनले १६, ओलिभर पेकले १४ रन थपे । रेनेगार्ड्सलाई सस्तैमा समेट्न नेपालका सोमपाल … Read more