दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं, मंसिर २५- दुबई भन्दै कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् ।उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला … Read more

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको तेस्रो जित

काठमाडौँ, मंसिर २५- कर्णाली याक्ससँग पराजित भएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना केही कठिन बनेको छ।मंगलबारको दोस्रो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो। एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ। पराजित पोखरा २ अंकमा पाचौँ स्थानमा छ। पोखरालाई पराजित … Read more

लामिछानेलाई आतंकित पार्ने कामको मूल्य एमाले-कांग्रेसलाई धेरै चर्को पर्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले … Read more

सेयर बजारको अंकसँगै घट्यो कारोबार

२५ मंसिर, काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ । मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो । ५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार … Read more

चीनसँग मैले गरेको समझदारीलाई प्रधानमन्त्रीले अहिले फोटोकपी गरेर प्रचार गरिरहनुभएको छ : प्रचण्ड

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा आफूले अघि वर्ष गरेको समझदारीलाई अघि बढाएको भन्दै ओलीले कुनै नयाँ समझदारी नगरेको दाबी गरेका छन् । उनले भने,‘ मैले गतसाल गरेका सबै स हमति र समझदारीलाई उहाँले फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको … Read more

रविलाई पोखरा लैजाँदा ज्यादती गरेको मूल्य कांग्रेस-एमालेले चुकाउनुपर्नेछ: प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभामा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रविमाथि मध्यरातमा प्रहरीबाट ज्यादती भएको दाबी गरे ।उनले भने, “अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य कांग्रेस र … Read more

एनपीएलः कर्णालीलाई पोखराले दियो १०४ रनको लक्ष्य, विलिएमले दिए ६ विकेट

काठमाडौँ, मंसिर २५- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए । जारी लिगमा … Read more

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौँ — टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने गोरखा घर भएका ४९ वर्षीय खड्गबहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै सिन्धुपाल्चोक, … Read more

गुगलको नयाँ चिप, जसको गतिले पार्नेछ अचम्म

काठमाडौं । गुगलले एक नयाँ अत्याधुनिक चिप सार्वजनिक गरेको छ । उक्त चिपले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई पनि दस सेप्टिलियन वर्ष (१०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्ष) लाग्ने समस्या ५ मिनेटमै समाधान गर्ने दाबी छ ।पार्टिकल फिजिक्सका सिद्धान्त प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ । गुगलले यसको नाम राखेको छ – विलो … Read more

हुस्सुका कारण हवाइ उडान ठप्प

काठमाडौं । मौसममा आएको परिवर्तनसंगै हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मंगलबार बिहान उडान ठप्प भएको छ। बाक्लो हुस्सुका कारण मध्याह्न करिब १२ बजेसम्म अधिकांश विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहान जनकपुर, सिमरा, भद्रपुर, विराटनगर, चन्द्रगढी, राजविराज लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेन। विमानस्थल कार्यालयका अनुसार चन्द्रगढी, … Read more