रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०२५ को नोभेम्बर १६ सम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलव … Read more

ललितपुर महानगरप्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा विभिन्न पेसामा उत्कृष्ट काम गरिरहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्वको सम्मान कार्यक्रममा आधुनिक विकास र सांस्कृतिक संरक्षणबीच सन्तुलन कायम गर्न नेतृत्व गर्नुभएकाले महर्जनलाई उक्त अवार्ड प्रदान गरिएको हो । ललितपुरलाई बस्नयोग्य सम्पदामैत्री सहरका रूपमा … Read more

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

एकदशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री नहुँदा किसान चिन्तित … Read more

पर्वतमा गाई र हलगोरु पाल्ने किसानलाई अनुदान

विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईपालन गर्ने किसानलाई प्रतिगाई रु २० हजार उपलब्ध गराउने भएको छ । स्थानीय गाई संरक्षण अभियानअन्तर्गत प्रतिसुत्केरी गाई रु दुई हजार ५०० किसानलाई वितरण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत … Read more

महाकाली नदीको कटानले बस्ती जोखिममा

महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । बस्ती जोगाउन सरकारसँग … Read more

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसक्नुभएको छ । … Read more

अटोरिक्सा दुर्घटना हुदाँ एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उहाँले बताउनुभयो । होपरीगाडबाट धुलिगडातर्फ गइरहेको … Read more

दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई कमजोर मजबुत बनाउँछः उपाध्यक्ष पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताउनुभएको छ । आज यहाँ सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उहाँले दलभित्र लोकतन्त्रको व्यवहारिक अभ्यास नभएसम्म सिङ्गो मुलुकमै लोकतान्त्रिक व्यवस्था प्रभावकारी नहुने धारणा व्यक्त गर्नुभयो । “दुई–चार जना नेताले इच्छाएको भरमा … Read more

रुपन्देही ३ उपनिर्वाचनका लागि नेकपा एसबाट सातजना सिफारिस

रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले पार्टीका महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भुसालसहित सात जनाको नाम सिफारिस गरेको छ । भुसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । … Read more

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ … Read more