नाउपा अध्यक्ष रञ्जिता नै कायम

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहेकी छिन्। निर्वाचन आयोगले लालवीर चौधरीलाई मान्यता नदिएपछि पार्टीको अध्यक्ष रञ्जिता नै कायम हुने भएको हो । काठमाडौंमा भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई साउन १५ गते अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिए पनि निर्वाचन आयोगले रञ्जितालाई नै अध्यक्ष कायम गरिदिएको छ। … Read more

भरतपुरमा ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिचले यही आउंँदो भदौ २ गते भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । हरेक बर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिषरमा उक्त मेला गर्न लागेको हो । संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलले अष्ट्रेलिया जाने विद्यार्थी एव अभिभावकलाई कलेजका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श दिने … Read more

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति हुनुभएका २७ न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले उच्च अदालतको न्यायाधीशका लागि … Read more

‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’

काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ । अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ । “घरमा बूढाबूढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ” कँडेलले भन्नुभयो, “बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका छौँ ।” … Read more

अन्तरराष्ट्रिय युवा दिवसः युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता

विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले यसरी बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न थाल्यो । … Read more

गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो । सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि … Read more

पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै

प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ । असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको भेष धारण गरे । रासस

चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार अहिलेसम्म जिल्लाका ७९३ वटा गाईगोरु, भैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये भैँसी–राँगा चार र गाईगोरु … Read more

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र

लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने÷आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी … Read more

आज साउनको अन्तिम सोमबार, देवघाटमा श्रद्धालुको घुइँचो

आज साउन महिनाको अन्तिम सोमवार । हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । आइतवार साँझ आएका भक्तजनहरू बिहान ४ बजेदेखि स्थान गरेर भगवान् शिवको आधाधनामा व्यस्त रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । यसअघिका सोमबारमा हजारौं भक्तजन देवघाटधाम आएकोमा अन्तिम सोमबार पनि सोही अनुपातमा भक्तजन … Read more