सामाजिक अभियन्ता तथा कांग्रेसकी नेत्री मिना खरेलको बढ्दो जनसमर्थन, चितवन–२ मा बलियो दाबेदारी

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ यतिबेला देशकै चासोको केन्द्र बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी नेत्री तथा सामाजिक अभियन्ता मिना कुमारी खरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुँदैछ। तर चुनावी माहोलसँगै यतिबेला क्षेत्र नम्बर–२ मा सबैभन्दा बढी चर्चा भने खरेलको सामाजिक योगदान … Read more

चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन, माघ १८- आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ । माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन् … Read more

बालेनको चुनावी प्रचारमा सहभागी पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ, माघ १८- चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए … Read more

अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल

चितवन – अँध्यारोमा हराउँदै गएको नाबालिकाको जीवनमा आशाको उज्यालो ल्याउने हात हुन् समाजसेवी तथा अभियन्ता मीना कुमारी खरेल। १२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखा भरि आँसु लिएर पहिलो पटक मीना कुमारी खरेलको सामु पुगेकी थिइन्। उनी बोल्न सक्ने अवस्थामा थिइनन्। मनभित्र थुप्रिएका पीडा, डर र अपमानका अनुभूति आँसु बनेर बगिरहेका थिए। उमेरले सानी … Read more

विश्वभित्र नै गगन हुन्छ

– रमेश बस्ताकोटी नेपाली राजनीतिको रङ्गमञ्च सधैँ उतारचढाव, षड्यन्त्र, र पदको छिनाझपटीले भरिएको हुन्छ। यहाँ सत्ताका लागि गरिने ‘अपवित्र गठबन्धन’ सामान्य मानिन्छन्, तर एउटै पार्टीभित्रका दुई समान हैसियतका नेताबीचको आत्मीयता भने निकै दुर्लभ घटना हो। राजनीतिमा भनिन्छ,”कोही स्थायी शत्रु हुँदैनन्, कोही स्थायी मित्र हुँदैनन्।” तर, नेपाली कांग्रेसका दुई खम्बा— गगन थापा र विश्वप्रकाश शर्माको सम्बन्धले … Read more

कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले जित दोहोर्‍याउने दाउमा

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र … Read more

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले … Read more

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२०प.११६८ नम्बरको स्कुटरसँग ठोक्किएपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क. ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी भक्तपुरका … Read more

निर्वाचनका कारण फागुनको बृहत् स्वास्थ्य शिविर चैतमा सारियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो हप्ताका लागि सारेको हो । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको … Read more

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताउनुभयो ।रुकुम पूर्वतर्फको … Read more