देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार मंगलबार र बुधबार तीन दलका शीर्ष नेता बस्ने प्रयास भएको थियो । यसका निम्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नै छ्न । तर, माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं बाहिर … Read more

अहमदाबाद विमान दुर्घटनाः २१० जनाको डीएनए मिल्यो, १८७ शव परिवारलाई हस्तान्तरण

भारत गुजरातका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले अहमदाबाद विमान दुर्घटनामा मारिएका २१० जनाको डीएनए मिलेको बताएका छन्। उनले १८७ शव परिवारलाई हस्तान्तरण गरिएको बताए। पटेलले इन्स्टाग्राममा पोस्ट गर्दै जुन १९ मा बिहान ८स्३० बजेसम्मको अपडेट दिए र बाँकी शवहरू चाँडै नै परिवारलाई हस्तान्तरण गरिने बताए। जुन १२ मा गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको उडान नम्बर … Read more

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । रासस

सीमा नाकामा कोरोनाको जोखिम कायमै

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो । … Read more

सबै प्रदेशमा पानी पर्ने,चार प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (असार ५, बिहीबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। आज दिउँसोः सबै प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै … Read more

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन … Read more

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय … Read more

नवलपरासी पूर्वमा ठूलो वर्षाः आसपासका नदी तथा खोलामा सावधानी अपनाउन आग्रह

पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा ठूलो पानी परेको छ । नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यी क्षेत्र आसपासका नदी तथा खोलामा जलसतह बढ्न सक्ने … Read more

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष … Read more

जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दैछुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए। उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो लाखौँ मान्छेसँग प्रत्यक्ष … Read more