सुनसरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो गाँजा

१९ मंसिर, विराटनगर ।  सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो । प्रहरीले *६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ … Read more

विवाह पञ्चमीमा धनुष यज्ञ

जनकपुरधाम, मङ्सिर १८ गते।  सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ कार्यक्रम गरेर महोत्सव मनाइदैछ। त्रेता युगमा भगवान रामले धनुषा उचालेर तोडेको स्मरणसहित प्रत्येक वर्षझैं यस वर्ष पनि विवाह पञ्चामीको तेस्रो दिन मंगलबार धनुष यज्ञकार्यक्रम गरेर महोत्सव मनाइदै। विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला सम्पन्नपछि  मंगलबार धनुष यज्ञ कार्यक्रम हुने भएको हो। पहिलो दिन … Read more

सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं, मङ्सिर १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले मङ्गलबार यहाँ आयोजना गरेको  ‘डिजिटल सेफ्टी समिट’मा उहाँले  नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक … Read more

एलन मस्क भन्छन्- मंगल ग्रहमा ९ महिना होइन, ९० दिनमै पुग्न सकिन्छ

काठमाडौं– स्पेस एक्सका प्रमुख र सीईओ एलन मस्कले आफ्नो निर्णय र नवीनताले संसारलाई सधैँ चकित पारिरहेका छन् ।यसैबीच मस्कले अहिले अर्को ठूलो दाबी गरेका छन् । अहिलेको प्रविधिले मंगल ग्रहमा पुग्न ९ देखि ६ महिना लाग्छ तर यो यात्रा ९० दिनमा मात्र सीमित हुन सक्ने मस्कले बताएका हुन् । मंगल ग्रहमा पुग्नको लागि समय कम … Read more

धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै अघि बढ्नुपर्छ : कावा प्रधानमन्त्री सिंह

रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार अघि बढ्नुपर्ने धारणा राखेका छन्।उपप्रधान एवं सहरी विकास मन्त्रीसमेत रहेका सिंहले मंगलबार रौतहटमा चलिरहेको पञ्चवर्षीय गढिमाई मेला महोत्सवलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय राष्ट्र भए पनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पूर्खाको ठूलो योगदान … Read more

कुन-कुन विषय समेटेको छ कर्णालीको दोस्रो पञ्चवर्षीय योजनाले?

कर्णाली प्रदेश योजना आयोगले दोस्रो पञ्चवर्षीय योजना ल्याउँदै छ। योजना सार्वजनिक गर्ने अन्तिम तयारीमा आयोग छ। कर्णाली प्रदेशको दुरगामी सोचसहितको विकासको अवधारणा तयार गर्ने उद्देश्यका साथ २०७५ सालमा गठन भएको प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्मका लागि पहिलो पञ्चवर्षीय योजना ल्याएको थियो। आयोगले अहिले ल्याउन लागेको दोस्रो पञ्चवर्षीय योजना आर्थिक वर्ष २०८१/०८२ … Read more

नरेशमाथि चलाइयो श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको मुद्दा

 भर्जिनिया ।  महिनौँदेखि अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको गएको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ । नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा … Read more

बालेनले गराए काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो … Read more

संघीयताको सफल कार्यान्वयनसँग मुलुकको समृद्धि जोडिएको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक संघीय प्रणालीमा गएकोमा अब यसको सफल कार्यान्वयन हुनुपर्ने बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ कार्यक्रममा ज्ञवालीले उक्त धारणा राखेका हुन्। संघीयताको सफल कार्यान्वयन भएमा मुलुकले समृद्धिसमेत हासिल गर्न सक्ने उनको भनाइ छ। ‘मुलुक संघीताको अभ्यासमा छ। तीन तहका सरकार छन्। तीनै तहका सरकारका आफ्ना … Read more

घण्टाघर घडीमा स्वचालित दम

काठमाडौँ, मङ्सिर १८ गते । त्रिचन्द्र क्याम्पस भन्नेबित्तिकै धेरैको दिमागमा एउटै वस्तुको चित्र झल्किन्छ, घण्टाघर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको क्याम्पसका संरचनाको पुनर्निर्माण भइरहँदा त्यहाँको घडीको अवस्था अब के हुन्छ भन्ने आमचासो छ । यो चासो अब भने साम्य भएको छ, अर्थात् क्याम्पस परिसरमा रहेको घण्टाघरको घडी पुनर्निर्माणपछि पनि पुरानै स्वरूपमा रहने छ तर अहिले जस्तो … Read more