हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ । ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका छौ’, थापाले भने, … Read more

भ्रष्टाचार साझा रोग हो, एक अर्कालाई आरोप लगाएर खुशी हुनु पर्दै: ठाकुर गैरे

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने ,’एकले अर्कालाई आरोप(प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो। सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी … Read more

‘नीति तथा कार्यक्रम संशोधनीय दस्तावेज हो, सकारात्मक सुझाव समेटौँ’

सङ्घीय संसद्मा छलफलको क्रममा रहेको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमलाई आवश्यक परिमार्जन गरी थप उन्नत र परिपक्क बनाएर जानुपर्ने सांसदहरूले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्दै सांसदहरूले नीति तथा कार्यक्रम संशोधनीय दस्तावेज भएकाले सदनमा उठेका जायज र सकारात्मक विषय समेटेर जानुपर्ने धारणा राख्नुभएको … Read more

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

आज (बिहीबार)साँझ मन्त्रिपरिषद्‌को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। गएको सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो। तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएको थियो। सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन।

भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने

भारतको उत्तर र उत्तरपश्चिम क्षेत्रका २१ विमानस्थल आउँदो शनिबारसम्म बन्द रहने त्यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । अमृतसर प्रहरी अधिकारी सिरिवेन्नेलाले भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई)सित भने, “सबै विमानस्थल सिल गरिएका छन् । सुरक्षाकर्मी र कर्मचारीबाहेक कसैलाई पनि प्रवेश वा वाहिर निस्कन अनुमति दिइने छैन ।” उनले उक्त क्षेत्रका सबै निर्धारित … Read more

भारतले मिसाइल आक्रमण गरेपछि बन्द गरिएको पाकिस्तानी हवाई स्पेस खुलाइयो

भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा मिसाइल प्रहार गरेपछि बन्द गरिएको हवाई स्पेस (हवाई सीमा)पुनः खोलिएको समाचार संस्था रोयटर्सले जनाएको छ । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण स्रोतलाई उद्धृत गर्दै रोयटर्सद्वारा प्रकाशित समाचारअनुसार देशका विमानस्थल हाल पूर्ण रूपमा सञ्चालनमा रहेको सीएनएनले जनाएकोे छ । बिहीबार बिहान केही यात्रीवाहक विमानले पाकिस्तानको हवाई स्पेसमा उडान गरेका फ्लाइट रेडार २४ … Read more

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक … Read more

नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

चितवनमा पहिलोपटक हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पूरा भएको छ । मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा भोलि (बिहीबार) देखि नारायणगढमा हुन लागेको मेलाको तयारी पुरा भएको आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो । घरजग्गाको कारोबार तथा भवन निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जानकारी … Read more

आज किराँत समाज सुधार दिवस

किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी आज ९५ औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् । विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रे चौरमा १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत … Read more

मल नदिएर सरकारले किसानमाथि अन्याय गर्‍योः सांसद प्रभु साह

आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन ।’ ‘मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय … Read more