‘नीति तथा कार्यक्रम संशोधनीय दस्तावेज हो, सकारात्मक सुझाव समेटौँ’

सङ्घीय संसद्मा छलफलको क्रममा रहेको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमलाई आवश्यक परिमार्जन गरी थप उन्नत र परिपक्क बनाएर जानुपर्ने सांसदहरूले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्दै सांसदहरूले नीति तथा कार्यक्रम संशोधनीय दस्तावेज भएकाले सदनमा उठेका जायज र सकारात्मक विषय समेटेर जानुपर्ने धारणा राख्नुभएको … Read more

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक

आज (बिहीबार)साँझ मन्त्रिपरिषद्‌को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। गएको सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो। तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएको थियो। सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन।

भारतको उत्तरी राज्यका २१ विमानस्थल शनिबारसम्म बन्द रहने

भारतको उत्तर र उत्तरपश्चिम क्षेत्रका २१ विमानस्थल आउँदो शनिबारसम्म बन्द रहने त्यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । अमृतसर प्रहरी अधिकारी सिरिवेन्नेलाले भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई)सित भने, “सबै विमानस्थल सिल गरिएका छन् । सुरक्षाकर्मी र कर्मचारीबाहेक कसैलाई पनि प्रवेश वा वाहिर निस्कन अनुमति दिइने छैन ।” उनले उक्त क्षेत्रका सबै निर्धारित … Read more

भारतले मिसाइल आक्रमण गरेपछि बन्द गरिएको पाकिस्तानी हवाई स्पेस खुलाइयो

भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा मिसाइल प्रहार गरेपछि बन्द गरिएको हवाई स्पेस (हवाई सीमा)पुनः खोलिएको समाचार संस्था रोयटर्सले जनाएको छ । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण स्रोतलाई उद्धृत गर्दै रोयटर्सद्वारा प्रकाशित समाचारअनुसार देशका विमानस्थल हाल पूर्ण रूपमा सञ्चालनमा रहेको सीएनएनले जनाएकोे छ । बिहीबार बिहान केही यात्रीवाहक विमानले पाकिस्तानको हवाई स्पेसमा उडान गरेका फ्लाइट रेडार २४ … Read more

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक … Read more

नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

चितवनमा पहिलोपटक हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पूरा भएको छ । मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा भोलि (बिहीबार) देखि नारायणगढमा हुन लागेको मेलाको तयारी पुरा भएको आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो । घरजग्गाको कारोबार तथा भवन निर्माण सम्बन्धी जानकारी दिने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जानकारी … Read more

आज किराँत समाज सुधार दिवस

किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी आज ९५ औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् । विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रे चौरमा १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत … Read more

मल नदिएर सरकारले किसानमाथि अन्याय गर्‍योः सांसद प्रभु साह

आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन ।’ ‘मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय … Read more

‘परराष्ट्रमन्त्रीलाई परराष्ट्र नीति थाहा छैन, अहिले पाकिस्तानको सैनिक मण्डल भ्रमणको बेला होइन’

प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको अहिले उपयुक्त बेला नभएको बताए। उनले भने, ‘भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ। नेपालसँग खुला सीमा छ। सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ कुनै आतङ्कवादी गतिविधि नहोस्। सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन। … Read more

चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस्ः विक्रम पाण्डे

राप्रपाका सांसद विक्रम पाण्डेले चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले प्रदूषित भइसकेको गणतन्त्र नखोजेको बताए । उनले भने, ‘केही सांसदहरूले गएको राजसंस्था अब आउँदैन भन्ने कुरा राख्नुभयो। बागमतीजस्तै अविरल र कञ्चन बगेर जाने नदीजस्तो हो गणतन्त्र भन्ने कुरा गर्नुभएको छ। जनताहरूले प्रदूषित नभएको खोजेका हुन्। … Read more