टिकटक बनाउन भन्दै खोलामा लगेर बालकको हत्या गर्ने ४ जना पक्राउ

खोलामा लगेर बालकको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटलेवृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा ४ जनालाई प्रकाउ गरेको हो । प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार … Read more

दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते

जितपुर सिमरामा दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । आज (सोमबार) बिहान पथलैया(हेटौंडा सडक खण्डमा दुई बस एकापसमा ठोक्किँदा १९ जना यात्रुहरू घाइते भएका हुन्। जितपुरसिमरा उपमहानगरपालिकाको २२ अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ … Read more

सरकारमा बस्ने मात्र होइन, परिणाम दिनुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन्। कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘सरकार भनेपछि बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ। रिजल्ट चाहिन्छ। हामी त रिजल्टमा काम गर्न चाहन्छौं।’ अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै महामन्त्री थापाले … Read more

‘सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उहाँले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताउनुभयो । “आयोजना प्रमुखले कति खर्च गर्नसक्ने हो, खर्च गर्नसक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना … Read more

भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट रु चार करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेण्ड डा निराजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास … Read more

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना घाइते

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन् । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ ।

एमाले देशको मजबुत पार्टी होः प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको बताएका छन् । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई नीलवर्णको संज्ञा दिएका हुन् । ‘नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेका छन्’, ओलीले भने, ‘यिनको मुकुन्डो उत्रिएको छ तर जनताले रङ हटाएर बुझ्नुपर्छ … Read more

भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन्। भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’ समर्थन गरेको आरोप लगाएको छ। इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको … Read more

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठकको आह्वान गरेको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभागले जनाएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

सांसद माया राईविरुद्ध पूरक अनुसन्धान गर्ने

प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् । उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको रकम अपचलनमा संलग्न भएको आरोप छ । उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले … Read more