इजरायलमा बन्दी रहेका करिब २०० प्यालेष्टिनी रेडक्रसको सहयोगमा गाजामा

एजेन्सी– प्यालेस्टिनी लडाकुहरूले शनिबारको कैदी आदानप्रदानमा चार जना इजरायली महिला बन्धकहरूलाई सुपुर्दगी गर्ने अपेक्षा गरिएको गाजाको एक चोकमा रेडक्रसका चार वटा गाडी आइपुगेको एएफपीका एक संवाददाताले बताएका छन्। गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिने प्यालेस्टिनी स्रोतले जनाएको … Read more

कांग्रेस-एमालेको सरकार आगामी चुनावसम्म कायम रहेमा माओवादीलाई फाइदा हुन्छः प्रचण्ड

दाङ,माघ १२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जनताका पीररमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरूको धारणा सकारात्मक रहेको बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए । जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर … Read more

कार्यकर्तालाई प्रचण्डको अपिल : गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने बताएका छन् । माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादतिरको यात्रामा ढिलाइ गर्न नहुने बताए । जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन … Read more

सामाजिक कुरीति अन्त्यका निम्ति स्रष्टा लाग्नुपर्छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साहित्यका माध्यमबाट सामाजिक कुरीति अन्त्य गर्न बल मिल्ने उल्लेख गर्दै जागरूक समाज निर्माणमा साहित्यकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आज धनगढीमा आयोजना गरेको साहित्यकार कैलाशकुमार पाण्डेयको कथा सङ्ग्रह ‘नयातल’ विमोचन कार्यक्रममा उहाँले साहित्यमा समाजका हरेक कुरा प्रतिबिम्बित हुने बताए। मुख्यमन्त्री शाहले भने, ‘साहित्यको प्रवर्द्धन गर्न … Read more

साहित्यकार श्रेष्ठलाई एक लाख रुपियाँको पुरस्कार

म्याग्दी, माघ १२ गते । जिल्लाको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई नगद एक लाख रुपियाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । बेनी नगरपालिका–५ पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा बेनी नगरपालिका–७ का श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । स्मृति कोषको … Read more

जसपाको केन्द्रीय समिति बैठक सुरु, भावी रणनीति र मधेश मुद्दाबारे छलफल

१२ माघ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको हो । शनिबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको उपमहासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । ‘हाम्रो पार्टीको … Read more

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौँ, माघ १२- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले … Read more

रत्ननगर- १४ का शान्तमणि अधिकारी तीन दिनदेखि सम्पर्कविहिन

चितवन, माघ १२- चितवन रत्ननगरका शान्तमणि अधिकारी तीन दिनदेखी सम्पर्कविहिन भएका छन् । रत्ननगर नगरपालिका-१४ स्थित लौरीघोल देवी टोलका अधिकारी माघ १० गते दिउँसो १२ बजेदेखि सम्पर्क बिहिन भएका हुन् । उनका परिवारका अनुसार अधिकारी ना ३२ प ९२४५ नम्बरको कालो रङको सुपर स्प्लेण्डर मोटर साईकलसहित सम्पर्क विहिन भएका हुन् । अधिकारीले कालो ज्याकेट र … Read more

हमासले थप चार इजरायली बन्धकलाई रिहा गर्ने

एजेन्सी – गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ । इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ । योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन। … Read more

प्रधानमन्त्री कप : एपिएफ च्याम्पियन

धनगढी, , माघ १२ गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताका उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । जितका लागि ६८ रनको लक्ष्य पछ्याएको एपिएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित … Read more