‘एक विद्यालय, एक नर्स कार्यक्रम’ विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा कोसेढुंगा

काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका जोसुकै विद्यार्थीलाई चोटपटक लाग्दा वा केही स्वास्थ्य समस्या देखिँदा सबैले सम्झिने एउटै नाम हो– थुङ्गा । थुङ्गा श्रेष्ठ विजयस्मारक विद्यालयमा कार्यरत विद्यालय नर्स हुन् । उनी विगत ७ महिनादेखि सो विद्यालयमा काम गर्छिन् । विद्यार्थीका ससाना समस्यादेखि लिएर शारीरिक रूपमा लागेका घाउ चोटपटकमा मलम पट्टि लगाउँछिन्, … Read more

अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

अमेरिका, फागुन १० गते । अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । … Read more

कुलमानविरुद्ध किन आलोचनामा उत्रे ऊर्जामन्त्री ?

काठमाडौँ । फागुन ६ गतेको संसद् रोष्टममा उभिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने चेतावनी दिए । पछिल्लो पटक पुस २८ गते मन्त्रालयले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ दिएपछि सरकार भर्सेस कुलमान घिसिङको मुद्दा केही सेलाएको थियो । तर कुलमानले पछिल्लो स्पष्टीकरण बुझाएको … Read more

अफगानिस्तानविरूद्ध दक्षिण अफ्रिकाको फराकिलो जित

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध फराकिलो जित निकालेको छ। गएराति कराँचीको नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनको फराकिलो अन्तरले हराएको हो। दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा अल आउट हुँदै २०८ रनमा समेटिएको हो। अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २/२ तथा मार्को … Read more

प्रचण्डका खुट्टा लुला, कुरा ठूला!

समाचार टिप्पणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजकाल देश दौडाहामा छन्। दिनदिनैजसो नयाँ नयाँ ठाउँमा भाषण गर्छन्। उनका भाषणहरूमा आजकाल एउटा कुरा प्रायः दोहोरिन्छ— अब हामी कसैसँग गठबन्धन गर्दैनौं, आफ्नै बलमा चुनाव लडेर बहुमत ल्याउँछौं। पछिल्ला दिनहरूमा उनले अर्को कुरा पनि थप्न थालेका छन्— आगामी चुनावमा कांग्रेस-एमाले गठबन्धन गरेर आउँछन् तर हामी डराउँदैनौं! शुक्रबार पोखरामा … Read more

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंःअर्थमन्त्री पौडेल

काठमाडौँ फागुन १०- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएको छ ।फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको … Read more

लाइसियममा ‘म पुस्तक पढ्छु’ कार्यक्रमको प्रस्तुति

चितवन, फागुन १०- रत्ननगरस्थित लाइसियम स्कुलमा “म पुस्तक पढ्छु” कार्यक्रमको दोस्रो चरणको प्रस्तुति सम्पन्न भएको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगरका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यमा कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । रत्ननगर नगरपालिका शिक्षा तथा खेलकुद शाखा संगको समन्वय, रत्ननगर वाङ्मय प्रतिष्ठानको प्राज्ञिक सहयोग तथा अनकोन र … Read more

विपन्न विद्यार्थीलाई लक्षित गर्दै समाजसेवी भट्टको न्यानो कपडा सहयोग

फागुन ९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । सोही वडामा रहेको श्री आधारभुत विद्यालय ब्रम्हपुरका ८७ विद्यार्थीलाई ट्रयाकसुट दिनुभएको हो । आज स्कुल परिषरमा आयोजिक एक कार्यक्रमका बीच उहांँले त्यहांँ अध्ययनरत विद्यार्थीलाई ट्याकसुट वितरण गर्नुभएको थियो । वितरणपछि बोल्दै समाजसेवी … Read more

३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर

काठमाडौं, फागुन ९- काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्ग मिटरमा ढुङ्गा बिछ्याउने भएको छ । कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालू आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठ वटा योजना कार्यान्वयन ल्याइएकोमा पाँच वटा योजना सम्पन्न भएको जनाएको … Read more

यातायात कार्यालयका २५ लाख फाइललाई विद्युतीय रूपान्तरण सुरु

काठमाडौँ/बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेखमा रुपान्तरण सुरु गरेको छ। भौतिक फाइलहरुलाई विद्युतीय अभिलेख गर्न थालिएको हो। यातायात व्यवस्था कार्यालय गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्न काम शुरु गरेको बताउनुभयो । उहाले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने … Read more