महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री यादवले भने, ‘महिलाहरु कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्वपूर्ण पद, सबैभन्दा ठूलो पोष्ट, राष्ट्रपति महिलाले चलाएको … Read more

लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो। शुक्रबार नै मतदान भए पनि मतगणना ढिलाइ भएको थियो। सभापति शेरबहादुर देउवाको निर्देशनपछि सोमबार मतगणना गरिएको थियो। चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। अध्यक्ष पदका अर्का उम्मेदवार … Read more

एक महिनामा अपराधका चार हजार मुद्दा दर्ता

फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौँ उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा दर्ता भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक … Read more

चितवनमा बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

चितवनको राप्ती नगरपालिका–१२ कपता भञ्ज्याङमा बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ बजे लोथर खोलाबाट राप्ती–१२ बोक्राङतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको ग १ त ४५८४ नम्बरको ट्याक्टरको पछाडि ढालामा पोल माथि बसेका राप्ती–१२ बोक्राङ बस्ने वर्ष ३९ को रबिन प्रजा अचानक खस्न जाँदा उनको घटनास्थलमा नै मृत्यु … Read more

बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि अवस्था तनावग्रस्त

बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्युपछि तनाव उत्पन्न भएको छ। स्थानीयले पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा हुन थालेको छ। घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै लागेका छन्। जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो एउटा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा … Read more

बैंकहरूको खराब कर्जामा सुधार नहुने भएपछि दुई महिनाकै न्यून विन्दुमा नेप्से

बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा तेस्रो त्रैमासमा पनि सुधार नहुने देखिएपछि यसको प्रभाव नेप्सेमा देखिएको छ। आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से गत दुई महिनाकै न्यून विन्दुमा पुगेको छ। नेप्से माघ ८ गते यताकै न्यून विन्दुमा आइपुगेको हो। आइतबार कारोबार रकममा भने वृद्धि भएको छ। गत कारोबार दिन … Read more

एपीएफको दमदार प्रदर्शन, राष्ट्रिय महिला फुटबलको उपाधि चुम्यो

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ एफसीले जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा आज सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा बिमला चौधरीको गोलमा आर्मीले अग्रता लियो । अन्तिम ६ मिनेट सम्हालिन नसक्दा … Read more

करेन्ट लागेर एकजनाको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्’, उनले भने … Read more

ओली सम्वाद चाहन्छन्, प्रचण्डलाई छैन चासो

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न खोजिरहेका छन्। तर, प्रचण्डको व्यस्तता र अरुचीका कारण त्यो सम्भव हुन सकिरहेको छैन। शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफलको तयारी भए पनि … Read more

स्ववियु निर्वाचन बाट नवलपुरका क्याम्पसरू भाग्दै : सभापति क्षेत्री

चैत्र ८, काठमाडौ नेपाल विद्यार्थी संघ कावासाेतीका सभापति कुमार क्षेत्रीले क्याम्पसहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नया तालिका ननिकालेर निर्वाचनबाट भाग्न खाेजेकाे प्रति आपत्ति जनाएका छन् । त्रिवि तालिका अनुसार चैत्र ५ गते स्ववियु निर्वाचन हुनु पर्ने भएपनि फाल्गुन २९ गतेदेखि विभिन्न संगठनहरूले जिल्ला भरिका स्ववियु हुने क्याम्पसहरूमा तालाबन्दी गरेर प्रभावित भएकाे निर्वाचन नवलपुर जिल्लामा सक्रिय … Read more