आफूमाथि मुद्दा चलाउने दर्जन बढी वकिललाई ट्रम्पले गरे बर्खास्त

काठमाडौँ, माघ १५- डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि ट्रम्पका विपक्षीमाथि कारबाही सुरु भएको छ। यस अन्तर्गत अमेरिकी न्याय विभागका एक दर्जनभन्दा बढी वकिललाई जागिरबाट निकालिएको बताइएको छ। जागिरबाट बर्खास्त गरिएकामा डोनाल्ड ट्रम्पविरुद्धको मुद्दाको कारबाहीमा संलग्न व्यक्तिहरू पर्छन्। न्याय विभागका विशेष अभियोजक ज्याक स्मिथको टोली सबैभन्दा बढी प्रभावित भएको छ। ठूलो संख्यामा वकिलहरूलाई आफ्नो जागिरबाट हटाइएपछि अमेरिकी … Read more

भारतमा महोत्सवका क्रममा काठको मञ्च भत्किँदा सात जनाको मृत्यु, ७५ घाइते

काठमाडौँ, माघ १५- भारतको उत्तर प्रदेशको बागपत जिल्लामा ठूलो दुर्घटना भएको छ। बागपतमा भगवान आदिनाथको निर्वाण लड्डू उत्सवमा मान स्तम्भ परिसरमा बनाइएको काठको मञ्च भत्किएको छ। जसबाट सात जना भक्तजनको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। घाइतेमध्ये १५ प्रहरी पनि छन्। मञ्च भत्किएपछि घटनास्थलमा … Read more

पाठेघरको मुखको क्यान्सरविरूद्ध खोप लगाउन नबिर्सिनु है!

  नेपाल सरकारले यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशभर एक साथ एचपिभी (ह्युमन प्यापलोमा भाइरस) खोप अभियान सञ्चालन गर्न लागेको छ।यो खोप महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि दिइन्छ। नेपाली महिलाहरूमा पाठेघरको मुखको क्यान्सर गराउने ८० प्रतिशत कारक एचपिभी भाइरस नै हो। पाठेघरको मुखको क्यान्सरले नेपालमा दैनिक चार जनाको मृत्यु हुने … Read more

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

चितवन, माघ १४- सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् । निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो । होटलमा हात्ती राख्नका लागि छानो हालिएको भए पनि अहिले राखिएका ठाउँमा त्यो सुबिधा छैन । होटल … Read more

झण्डै एक सातापछि नियन्त्रणमा आयो महाभारत क्षेत्रको थामलेकमा लागेको आगो

१४ माघ, काभ्रेपलाञ्चोक। गत मंगलबारबाट खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा लागेको भीषण आगलागी  एक सातापछि नियन्त्रणमा आएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आगलागी एक हप्तापछि नियन्त्रणमा आएको भएपनि केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी रहेको जानकारी दिए। उनले अनलाइनखबरसँग भने, ‘वनमा लागेको डढेलो एक सातापछि आफै पूर्ण रुपमा नियन्त्रणमा … Read more

कांग्रेसबाट सरकारलाई पूराका पूरा साथ छ : प्रधानमन्त्री

भक्तपुर, माघ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास … Read more

भरतपुर मेयर्स कप क्रिकेटः लिग चरणमा पुग्ने ६ टिमको टुंगो लाग्यो

चितवन, माघ १४– ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा आज छनोट चरणका सबै नकआउट खेल सकिएसंगै लिग चरणमा प्रवेश गर्ने ६ टिमको टुंगो लागेको हो । छनोट … Read more

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीद्वारा शपथ

काठमाडौं, माघ १४ गते । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यलाई सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले शपथ गराउनुभएको हो । सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि अध्यादेशमार्फत सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन … Read more

चितवनमा हिरोका दुई नयाँ मोटरसाइकल सार्वजनिक

चितवन, माघ १४– हिरो मोटोकर्पको एक्स्ट्रिम सिरिजका दूई नयाँ मोटरसाइकल चितवनको बजारमा भित्रिएको छ । यूरो मोटर्स चितवनले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर चितवनमा लञ्च गरेको हो । आइतबार साँझ नारायणगढको नारायणी नदी किनारमा भव्य कार्यक्रमकाबीच उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले ती मोटरसाइकल सार्वजनिक गर्नुभएको हो । सो क्रममा बोल्दै … Read more

चितवनमा रवि लामिछानेसहित चारजनाविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने राय

चितवन,माघ १४- जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित १४ जनाविरुद्धको पूरक अभियोजनका निम्ति अनुसन्धान प्रतिवेदन बुझाएको छ ।  जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी, तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र रामबहादुर खनालविरुद्ध संगठित अपराधमा … Read more