भारत बस्दा तस्करसँग चिनजान, कमिसन विवादका कारण सूचना चुहिएपछि रक्तचन्दन बरामद

काठमाडौँ । करिब दुई सातादेखि काठमाडौँमा ल्याएर लुकाएको अवस्थामा प्रहरीले पेप्सीकोलाबाट रक्तचन्दन बरामद गर्‍यो । माघ १ मा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले छापा मार्दा ज्ञान बहादुर तिमिल्सिनाको डेरामा साढे ४ क्विन्टल रक्तचन्दन भेटियो । ४० वर्षीय तिमिल्सिना सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिका वडा नम्बर–८ का स्थानीय हुन् । उनी काठमाडौँ–३२ स्थित पेप्सीकोलामा बस्छन् । … Read more

चार वर्षपछि सुल्झियो काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको विवाद

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितिको सुझावसहितको प्रतिवेदन ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य … Read more

थाइल्यान्डमा अलपत्र १ नेपालीको उद्धार गरी नेपाल ल्याइयो

काठमाडौं, माघ ४- थाइल्यान्डमा अलपत्र परेका एक जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले १ जना नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ । दूतावासका अनुसार आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्र्याङ्गलमा लगेर गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका ती नेपाली नागरिक भागेर थाइल्यान्ड छिरेका थिए … Read more

शासन गर्न अध्यादेश ल्याएको होइन, १५-२० दिनपछि संसद खुल्नासाथ पेस गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौं, माघ ४- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन सरकारले विभिन्न कानूनमा संशोधन गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी १५ दिनपछि हुने संसद अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने बताए । उनले भने, … Read more

कुलपतिको पहल सार्थक : काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौं– काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितिको सुझावसहितको प्रतिवेदन आजको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा आज सिंहदरबारमा भएको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य … Read more

माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै चौतारीमा प्रवेश

काठमाडौं-  माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई धक्का लागेको छ । उक्त पार्टीनिकट समाजवादी प्रेस संगठनमा भुइँचालो जाँदा अध्यक्ष र महासचिव नै नेकपा एमालेनिकट प्रेस चौतारीमा प्रवेश गरेका छन् । यसअघि नै आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाल पत्रकार महासंघको महाधिवेशनताका संगठन छाडिसकेको अवस्थामा अहिले अध्यक्ष, उपाध्यक्ष र महासचिव नै चौतारीमा फर्किएका हुन् । अध्यक्ष सुवेदीसहित … Read more

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, उद्योगमन्त्रीले गरे उद्घाटन

काठमाडौं– नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा सुरु प्रदर्शनी तीन दिनसम्म चल्नेछ । फर्निचर, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी प्रदर्शनीको शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा, उद्योग … Read more

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नगर्न निर्देशन

काठमाडौं– जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु  बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्ने विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको … Read more

जसपाका युवाले गरे शहीदगेटको सफाइ

जनकपुरधाम माघ ४ गते।  जनता समाजवादी पार्टी नेपालको भ्रातृसङ्गठन समाजवादी विद्यार्थी युनियन नेपाल  र समाजवादी युवा संघ नेपालले संयुक्त रुपमा शहीदगेटमा शहीदहरुको शालिकको सरसफाइ गरेका छन्। शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष पुण्यप्रसाद यादवको बिशेष पहल तथा सहयोगमा उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी, पानी ट्यांकी र बारुण यन्त्रको बिशेष सहयोगमा बृहत सरसफाई गरिएको हो … Read more

रैथाने उत्पादनबाटै मनग्य आम्दानी

४ माघ, धरान। धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आएकी छन् । उनले उत्पादन गरेको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने गर्दछ। नेपालमा मात्र नभएर विदेशका धेरै ठाउँहरुबाट ‘अनलाइन’बाट माग गर्ने ग्राहक धेरै भएको उनी बताउँछन् । केही वर्षअघि काठमाडौँको ठमेलमा एकजना विदेशीबाट … Read more