जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार गम्भीर

बैतडी, माघ १२ गते । बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । एक जनाले हाम फालेर न्याज जोगाउन सफल भएका छन् ।शनिबार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फिर्ता हुँदै गरेको सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप माडौंमा दुर्घटना … Read more

क्रान्तिकारीमा निर्वाचन – पञ्चा सिंहले छाडिन् जनार्दन समूह

काठमाडौं नेकपा (माओवादी केन्द्र)को विद्यार्थी घटक अखिल (क्रान्तिकारी)की निवर्तमान अध्यक्ष पञ्चा सिंहले पार्टी उपमहासचिव जनार्दन शर्मा समूह छाडेकी छन् । क्रान्तिकारीको नयाँ अध्यक्ष चुन्न निर्वाचन हुनै लाग्दा सिंहले शर्माको साथ छाडेकी हुन् । कालिकोट निवासी सिंह यसअघि शर्माकै जोडबलमा अध्यक्ष निर्वाचित भएकी थिइन् । शर्माको दबाबका कारण अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहलाई अध्यक्ष बनाएका थिए … Read more

पाकिस्तानमा सन् २०२४ मा जन्मेका १४ लाख शिशु भोकमरीको चपेटामा

काठमाडौं– सन् २०२४ मा जन्म लिएका कुल १ करोड ८२ लाख शिशु भोकमरीको शिकार भएको पाइएको छ । जसअनुसार हरेक मिनेट जन्मिनेमध्ये ३५ शिशुको जन्म भोकमरीग्रस्त क्षेत्रमा भएको छ । पाकिस्तानमा मात्रै सन् २०२४ मा जन्म लिएका १४ लाख शिशु भोकमरीको चपेटामा परेको सेभ दि चिल्ड्रेनले सार्वजनिक गरेको एक तथ्याङ्कमा उल्लेख छ । उक्त तथ्याङ्कमा … Read more

सुन्तला महोत्सव : अतिथिलाई सुन्तलाको माला, सुन्तलै उपहार

म्याग्दी– म्याग्दीको सदरमुुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो । बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण … Read more

क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्ला

टोरन्टो, माघ १२- क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा भारतीय मूलकी रुबी ढल्लाको नाम पनि परेको छ । रुबी टोरन्टो क्षेत्रकी पूर्व लिबरल सांसद र प्रेरक वक्ता पनि हुन्।उनले प्रारम्भिक दिनमा मोडलको रूपमा पनि काम गरेकी थिइन् । जस्टिन ट्रडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएपछि पार्टी अब नयाँ नेताको खोजीमा छ । भारतीय मूलकी अनिता आनन्द नयाँ … Read more

विराट एक्स्पो आजदेखि

मोरङ, माघ १२ कोशी प्रदेशको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो¬, २०२५ आज यहाँ सुरु हुँदैछ । उप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो विराटनगरस्थित डिग्री क्याम्पसको खाली मैदानमा सो एक्स्पोको उद्घाटन गर्नुहुने कार्यक्रम छ । यही माघ २० गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा विशेषगरी प्रदेशका उपभोक्ता, उत्पादक … Read more

हर्कमाथि बस्नेतको आरोपः श्रमदानका नाममा भ्रष्टाचार

काठमाडौँ, माघ १२- नेकपा एमालेका नेता महेश बस्नेतले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङमाथि श्रमदानका नाममा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। नेता बस्नेतले अख्तियारले अनुसन्धान गर्न बोलाएपछि भावनात्मक र उत्तेजनात्मक जवाफ दिएर पन्छिन खोजेको समेत उल्लेख गरेका छन्। बस्नेतले लेखेका छन्, ‘अख्तियारलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उट्पट्याङ जवाफ दिएर त्यसको ब्यहोरा आफैले फेसबुकमा सार्वजनिक गरेका … Read more

माओवादीप्रति जनता सकारात्मक छन्ः अध्यक्ष दाहाल

तुलसीपुर, माघ १२- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताउनुभयो । “जनताले … Read more

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय

काठमाडौँ, माघ १२- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो । उहाँको नेतृत्वमा परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएका छन्। संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको … Read more

प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० लाख बालबालिकाको शिक्षा प्रभावित

काठमाडौँ, माघ १२- सन् २०२४ मा अत्यधिक प्रतिकूल मौसमका कारण २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।बालबालिकासम्बन्धी हेर्ने निकाय ९युनिसेफ० ले सार्वजनिक गरेको प्रतिवेदनमा ८५ देशका बालबालिका प्रभावित भएका र सबैभन्दा धेरै गर्मीको चपेटामा परेका उल्लेख छ । जलवायुजन्य जोखिमबाट बढी प्रभावित दक्षिण एशियामा मात्रै १२ करोड ८० … Read more