जसपा नेपाल र जसपाबीच एकता घोषणा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ । उहाँहरूबीच आज एकताको सहमतिमा हस्ताक्षरसमेत भएको छ । यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएको थियो । विगतमा एउटै दलमा रहनुभएका उहाँहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा … Read more

युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन सङ्कट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताउनुभएको छ । फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।” सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने … Read more

गायिका त्रिशला गुरुङ उमेदवारमा सिफारिस

डाक्टर तथा गायिका त्रिशला गुरुङ उमेदवारका रूपमा सिफारिस भएकी छिन् । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको हो । आज (सोमबार) अपराह्न ४ बजेसम्म समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। त्यसका लागि उज्यालो नेपाल पार्टीले पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा. गुरुङलाई समानुपातिक … Read more

पुस २५ गतेदेखि देखि रत्ननगर महोत्सव हुने

चितवनको रत्ननगरमा रत्ननगर महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यहि पुष २५ गतेदेखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो । आज चितवनको सौराहामा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ रत्ननगरले चितवनको उद्योग व्यापार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकरण र वैज्ञानिक उत्पादन … Read more

गुल्मीमा सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी

गुल्मीमा पछिल्लो समयमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । सोलार लिफ्ट खानेपानी परियोजनाबाट गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पु¥याइएको हो । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई लुम्बिनी प्रदेशबाट रु १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट रु ५५ लाख ३३ हजार, ग्रामीण प्रविधि केन्द्रबाट रु २९ … Read more

नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले राससलाई जानकारी दिनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका … Read more

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ :मन्त्री खरेल

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताउनुभएको छ । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुुपर्ने बताउनुभयो । निर्वाचन सुनिश्चित भइसकेको बताउँदै सरकारका प्रवक्तासमेत … Read more

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

पूर्व गृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा पुगेका छन्। सोमबार मध्याह्न पूर्व गृहमन्त्री लेखक सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन्। आयोगले गत साता बयानका लागि पत्र पठाएको थियो। जेनजी आन्दोलनका वेला ७६ जनाको ज्यान गएको थियो। त्यतिवेला लेखक गृहमन्त्री थिए भने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। ओलीसँग पनि जाँचबुझ आयोगले … Read more

करेन्ट लागेर एक महिलाको मृत्यु

बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् । घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी … Read more

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प होः संयोजक दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताउनुभएको छ । वानेश्वर बहुमुखी क्याम्पसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताउनुभयो । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको र त्यसका लागि सामुदायिक … Read more