संवैधानिक आयोगको नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं। अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमाथि बुधबार सुनुवाई हुँदैछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी तोकिएको छ। आज सो रिटको पेशी दोस्रो नम्बरमा नै तोकिएको हुँदा सुनुवाइको सम्भावना बढी छ। २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा … Read more

संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने प्रतिपक्षी दलहरूको निर्णय

२ माघ, काठमाडौं । प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलहरूको बैठकले संयुक्त वक्तव्य निकालेर दबाब दिने निर्णय गरेको हो । सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णयसमेत बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।आज बिहान बसेको … Read more

चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे

पर्सा, माघ २- पर्सा आगलागीबाट दर्जनौ खसीबाख्रा मरेका छन् । जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा खोरमा आगलागी हुँदा दर्जनौ खसीबाख्रा मरेको हो । बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा स्थानीय लालबहादुर दासका करिब दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगोमा जलेर १० वटा … Read more

अनुदान नपाएपछि दूध बेच्न तनहुँका किसानले किने ‘ट्रक’

तनहुँ, माघ २- व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक रु ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताउनुभयो । … Read more

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

खजुरा (बाँके), माघ २- पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । “चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान … Read more

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर, माघ २- मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक … Read more

देवघाटमा निशूल्क चियापान, १० हजार बढिको सेवा

चितवन, हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । मकर संक्रान्तिको अवसरमा देवघाटधाम स्नान गर्न आएका भक्तजनलाई स्पन्दन नेपाल, बृज इन्टरनेशनल चितवन र लियो क्लब क्लसटर २ ले सेवा गरेको छ । हिन्दु धर्मावलम्बीको पवित्र तिर्थस्थल देवघाटधाम निशूल्क चियापानको व्यवस्था गरेर यी ३ संस्थाले भक्तालुहरुको सेवा गरेको हो … Read more

पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

काठमाडौँ, माघ  १  गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ। प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताउनुभएको हो। “पूर्वजहरुप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरुको आदर्शबाट सिक्ने र … Read more

गाजा युद्धविराम सम्झौता अन्तिम चरणमा, विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीको पहल

१ माघ, काठमाडौं । इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हुन् … Read more

स्वास्थ्य बिमा ऐन संशोधन : हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं– स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवा प्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रिपरिषद् … Read more