चितवनमा पहिलोपटक खुल्यो ज्येष्ठ नागरिकका लागि डे केयर

चितवनमा ज्येष्ठ नागरिकका लागि ‘डे कयेर’ (आवास केन्द्र) सञ्चालनमा आएको छ । आरोग्य केयर होमले आज (शुक्रबार)देखि भरतपुर महानगरपालिका १२ स्थित नौरङ्गेमा १५ बेड सहितको आवास केन्द्र औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय ज्येष्ठ नागरिकका लागि सुरक्षित, सम्मानजनक र समग्र हेरचाहको आवश्यक भएकाले उनीहरुको सुविधाका लागि आवास केन्द्र स्थापना गरिएको केयर होमका सञ्चालक … Read more

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आज बुढानिलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान समयको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारीसँग जोडिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारसँग सहकार्य पनि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो … Read more

प्रचण्डले सञ्चारमन्त्रीलाई भने- फागुन २१ मै चुनाव हुनुपर्छ

सञ्चारमन्त्री जगदीश खरेलसँगको भेटमा फागुन २१ मा चुनाव हुनुपर्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। चुनावको विकल्प नभएको र फागुन २१ मा चुनाव हुनुपर्ने प्रचण्डको भनाइ रहेको सञ्चारमन्त्री खरेले बताए । प्रचण्डलाई भेटेपछि सञ्चारमन्त्री खरेल भने, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक दलको शीर्ष नेताहरूसँग भेट गरेको हुँ। प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, … Read more

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नरदेवीस्थित आयुर्वेद चिकित्सालयको आज अवलोकनपश्चात् उहाँले देशैभर रहेका आयुर्वेद स्वास्थ्य संस्थाको रिफर (प्रेषण) केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदको प्रभावकारी र गुणस्तरी उपचार केन्द्रका रूपमा यसलाई विकास गर्नुपर्छ ।” आयुर्वेद चिकित्सालयलाई अत्याधुनिक, सुविधासम्पन्न स्वास्थ्य … Read more

सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री खरेलले भन्नुभयो, “सरकार … Read more

चितवनका बालानन्द शर्मा बने परराष्ट्रमन्त्री

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बनेका छन । उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाएकी हुन । चितवनको माडी घर भएका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरे । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा … Read more

कृषिलाई जीवनशैली बनाउने सपना

टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो … Read more

‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : नागरिकमन्त्री श्रद्वा श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्वा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवारलगायत सरोकार भएका सबैको हातेमालो र सहयोगको आवश्यकता औँल्याउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, … Read more

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताउनुभयो । साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा … Read more

​चम्किलो तारा झैँ उदाउँदैछन् विजय परियार: चितवन क्षेत्र नं ३ बाट दलित क्लस्टरमा समानुपातिकको बलियो दाबेदारी

नेपालको राजनीतिक रङ्गमञ्चमा यतिबेला एउटा यस्तो नामको चर्चा छ, जसले सङ्घर्षको रापमा आफूलाई तिखारेको छ र अभावको भुमरीबाट उठेर न्यायको मशाल बालेको छ। उनी हुन्— विजय परियार। चितवन क्षेत्र नम्बर ३ को उर्वर राजनीतिक भूमिबाट एउटा ‘चम्किलो तारा’ झैँ उदायका परियारले आगामी निर्वाचनमा दलित क्लस्टरबाट समानुपातिकतर्फ आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन्। ​ विचारको जगमा … Read more