मगर संस्कृति जोगाउन चितवनमा ‘कौराहा’ प्रतियोगिता हुँदै

  चितवन, पुस २४- नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने … Read more

हङकङमा जहाजभित्र झगडा गर्ने २ महिलाविरुद्ध मुद्दा दायर

काठमाडौँ, पुस २४- सोमबार राति जापानको सपोरोबाट हङकङ आएको उडानमा झगडा गर्ने दुई महिलाविरुद्ध हङकङ प्रहरीले मुद्दा दायर गरेको छ। सपोरोबाट हङकङ आएको क्याथे प्यासिफिक एयरवेजको उडान सीएक्स ५८१ मा दुई महिला झगडा गरेको आरोपमा पक्राउ परेका थिए। विमानस्थल प्रहरीले ह्यान्डल गरेको उक्त केसमा मुद्दा दर्ता भएको हो। उनीहरूलाई उड्डयन सुरक्षा अध्यादेशअन्तर्गत अभद्र व्यवहार गरेको … Read more

शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ: प्रदीप यादव

धनगढी (कैलाली), पुस २४- खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा आज यहाँ भएको कार्यक्रममा उहाँले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको बताउनुभयोे । आम नेपालीलाई शुद्ध खानेपानीको … Read more

शीतलहरले बाँके र बर्दियाको जनजीवन प्रभावित

नेपालगन्ज, पुस २४ गते ।  पछिल्लो केही दिनदेखि चिसो बढेर सुरु भएको शीतलहरका कारण पश्चिम नेपालका तराईका जिल्लाहरु बाँक र बर्दियाको जनजीवन अत्यधिक प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरले बाँके र बर्दियाका सबै पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् झन् बढ्दै गएको … Read more

लसएन्जलसमा डढेलो अनियन्त्रित, दशौं हजार प्रभावित

२४ पुस, काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय छन् … Read more

काठमाडौंका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी

त्रिशूली (नुवाकोट)। नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ। दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए। उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको … Read more

सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ। यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो । … Read more

भरतपुरसहित सिमरा र भैरहवाको उडान अवरुद्ध

लुम्बिनी बौद्ध विश्वविद्यालय एउटा सार्बजनिक,स्वायत्त र बुद्ध दर्शन सम्बन्धि अध्धयन,अध्यापन र अनुसन्धान गर्नको निम्ति स्थापित एक पबित्र उद्देश्य बोकेको संस्था हो। यो सार्बजनिक संस्थालाई ब्यबस्थित गर्नको निम्ति लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन २०६३ विद्यामान छ। पिएचडीबाट आफ्नो शैक्षिक कार्यक्रम सुरु गरिएको यो विश्वविद्यालयमा अहिले कानून संकाय (५ बर्षे बिएएलएलबी कार्यक्रम) लगायत विभिन्न विधाहरुमा अध्धयन अध्यापन हुन्छ। … Read more

भरतपुरसहित सिमरा र भैरहवाको उडान अवरुद्ध

चितवन, पुस २४- भरतपुरसहित सिमरा र भैरहवाको उडान अवरुद्ध भएको छ । आज (बुधबार) बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा उडान अवरुद्ध भएको हो । भरतपुर विमानस्थलका अनुसार आज बिहानैदेखि भरतपुरबाट हुने सबै उडान अवरुद्ध भएको छ । तर, तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् ।

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

गोरखा, पुस २४- उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा … Read more