दाउन्ने सडक खण्डमा मन्त्री घिसिङको रात्रि अनुगमनः निर्माण कार्य तीब्र बनाउन निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गएराति नवलपरासीको दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले सडक निरीक्षणपछि निर्माण कार्यलाई तीब्र बनाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ । दाउन्नेमा सडक विस्तारका क्रममा देखिएको ढिलासुस्तीको कारण बुझ्न आफैँ अनुगमनमा पुगेका मन्त्री घिसिङले निर्माणमा प्रयोग हुने मेसिनरी र मजदुर तत्काल थप्न पनि निर्देशन दिनुभएको … Read more

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको … Read more

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, … Read more

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो … Read more

प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल बन्द:हजारौं यात्रु प्रभावित

शुक्रबार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन नसकेको बुद्ध एयरले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरिएको तर भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ । तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी … Read more

नेता-कार्यकर्तालाई ओलीको निर्देशन-आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार (पुस ४) सम्बोधन गर्दै ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरेका हुन् । ‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरू … Read more

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा … Read more

भरतपुर विमानस्थल हुदैँ भैरहवाका लागि निस्किए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल हुदैँ रुपन्देहीको भैरहवाका लागि निस्किएका छन् । भर्खरै रवि भरतपुर विमानस्थलबाट ल्यान्ड भएर यहाँबाट रुपन्देहीको भैरहवाका लागि निस्किएका हुन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन आएका हुन् । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान … Read more

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन् । खाद्यबाली जङ्गली जनावरले क्षति पु¥याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताउनुभयो । “बाँदरले अन्य बालीमा क्षति पु¥याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसाहिक रूपमा … Read more

जेनजी आन्दोलनका अतिगम्भीर घाइतेलाई मासिक १८ हजार भत्ता

सरकारले गत भदौ २३ र २४ गतेको जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपांगताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउन मन्त्रिपरिषद्ले मंसिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका … Read more