‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, “हाम्रो … Read more

३६ बलमै शतक प्रहार गर्दै वैभव सूर्यवंशीले तोडे ३९ वर्ष पुरानो रेकर्ड

भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले विजय हजारे ट्रफीमा अरुणाचल प्रदेश विरुद्ध विस्फोटक ब्याटिङ गर्दै विश्व क्रिकेटमा नयाँ इतिहास रचेका छन्। बिहारका लागि खेल्दै वैभवले मात्र ३६ बलमा शतक पूरा गरेर लिस्ट ए क्रिकेटमा शतक बनाउने विश्वकै कान्छो खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका हुन्। उनले पाकिस्तानका जहुर इलाहीले ३९ वर्षअघि कायम गरेको रेकर्डलाई ध्वस्त पारेका छन्। … Read more

प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गर्दै निकोलसले थाले आमरण अनसन

अभियन्ता निकोलस भुसालले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि माइतीघर सडकमा आमरण अनसन सुरु गरेका हुन् । जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् । मिराज ढुंगाना नेतृत्वको … Read more

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । गत साता भारतमा उपचार गराएर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास … Read more

देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध

देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार किसानलाई सूचीबद्ध गरिएको केन्द्रका अधिकृत सञ्जीव पण्डितले … Read more

विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर

कृषि विज्ञान विषयमा अध्ययनरत विद्यार्थी विकास पाण्डेले किसानलाई जैविक विषादी प्रयोग गर्ने विषयमा खोज नै नभएको र यसमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । जैविक विषादीका विषयमा किसान जागरुक नहुँदा उपभोक्तालाई यसको प्रत्यक्ष असर परेको र यसबारेमा किसानसँगै उपभोक्तालाई पनि बुझाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । यस्तै कृषि विषयमा अध्यापन गराउँदै आउनुभएका शिक्षक ज्ञानेन्द्र पौडेल … Read more

सुन र चाँदीको मुल्यमा लगातार वृद्धि , कतिमा कारोबार हुदैँछ ?

सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार नेपालि बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो ५ हजार ५ सय रुपैयाँ बढेर २ लाख ६७ … Read more

टर्की विमान दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु

लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ । टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ जाँदै गरेको फाल्कन-५० विमान मंगलबार साँझ स्थानीय समय अनुसार ८ः ५२ उडान भरेको थियो । करिब ४२ मिनेटपछि जहाज सम्पर्कविहीन भएको थियो । विमानले आपत्कालीन अवतरणको अनुमति मागेको केही समयपछि दुर्घटना भएको टर्कीका गृहमन्त्री … Read more

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु एक लाख एक हजार … Read more

चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

चितवनको पर्यटकीय नगरी सौराहामा यही पौष ११ गतेदेखि १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेको महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । महोत्सव स्थल … Read more