राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ … Read more

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उहाँले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताउनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “स्थानीय उत्पादन र प्रविधिको … Read more

फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरामा ल्याउन हरी भट्टराई सर्वोत्कृष्ट प्रहरी घोषित

चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेशको मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी चितवनमा कार्यरत प्रहरी निरीक्षक हरी प्रसाद भट्टराई घोषित भएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई हाल चितवन जिल्ला प्रहरी कार्यलयमा कार्यरत भट्टराईले विभिन्न मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी … Read more

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयोः उद्योगमन्त्री सिन्हा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै सार्वजनिक खर्च गर्ने प्रवृत्तिका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले जनताबाट सङ्कलित करको उचित र जिम्मेवार प्रयोग … Read more

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक अर्ब २० करोड लाग्ने जनाइएको छ । बर्दिबास-६ र ७ का … Read more

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

चितवनको कटाव दि स्कार्पमेन्टले ‘माया के हो’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्ने भएको छ । ब्याण्डले हिजो (बिहीबार) प्याराडाइज क्याफे बिगबजारमा पत्रकार सम्मेलन गर्दै गीतको अफिसियल म्युजिक भिडियो पुष ९ गते २४ डिसेम्बरमा रिलिज हुने जानकारी दिएको हो । ब्याण्डले एडम्स लाउन्ज बाह्रघरेमा क्रिसमस इभ आयोजना गरेर गीत प्रिमियर गर्न लागेको हो । सोही … Read more

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौँमै रोकिए रवि

रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् । बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् । फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताए ।

सुनको भाउ तोलामा २ हजार रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ … Read more

रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदै छन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको … Read more

निर्वाचन आउन ७६ दिन बाँकी: जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरिन लागेको हो । मन्त्रिपरिषद्को बिहीबारको … Read more