रास्वपालाई लिङदेनले भने– हावादारी पार्टी, फेदटुप्पो के हो ?

काठमाडौं,कात्तिक १३- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो उपनिर्वाचनमा मतदाताले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित गर्नुपर्ने बताएका छन् । तीनै ठूला पार्टी भ्रष्ट भएको र देशलाई बर्बाद बनाएको भन्दै उनले उपनिर्वाचनमा ती दललाई पराजित गर्नुपर्नेमा जोड दिए । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा उनले ठूला … Read more

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

काठमाडौँ, कात्तिक १३ गते । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिनुभएको हो । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक … Read more

रास्वपाका नेता पुकार बम पनि गिरफ्तार

काठमाडौं,कात्तिक १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । पछिल्लोपटक पुकार बमलगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ । उक्त पार्टीका मकवानपुरको बकैया गाउँपालिकाका सभापति अमर दंगाल, हेटौँडा उपमहानगर सभापति ध्रुवबहादर विष्ट, मकवानपुरका क्षेत्रीय सभापति सुरेश … Read more

विवादै विवादबीच अनमोलको जेरी अन टप’ सुरु

काठमाडौं । निर्माण अघि नै थुप्रै विवाद झैल्दै आएको अनमोल केसीको चलचित्र ‘जेरी अन टप’को सोमबारबाट छायाँकन सुरु गरिएको छ । ललितपुरको बँगलमुखी मन्दिरमा बिहिबार बिहान मुहुर्त गर्दै यो चलचित्रको छायाँकन थालिएको छ । यो चलचित्रको ४५ दिनमा छायाँकन सक्ने लक्ष्य रहेको यसका निर्देशक सुयोग गुरुङले बताएका छन् । यो चलचित्रलाई सुरुमा हेमराज बिसीले निर्देशन … Read more

रिजालको प्रश्न-रविलाई रिहा गरिदिन राति-राति कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको?

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियार रवि लामिछानेलाई छुटाउन बालुवाटार पुगेर प्रधानमन्त्रीलाई अनुरोध गरेको दाबी गरेका छन्।सामाजिक सञ्जालमा उल्लेख गर्दै नेता रिजाले दिनभरी प्रधानमन्त्री विरुद्ध गालीगलौज गर्ने र राति राति रविजीलाई बचाइदिनुपर्यो भनेर हारगुहार गरेको बताएका छन्। उनले भनेका छन्- दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज … Read more

एउटै नदीमा पाँच जलविद्युत आयोजना

म्याग्दी- जिल्लाको रघुगंगा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन्। तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर … Read more

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन्। सशस्त्र प्रहरी बल, सिसं-१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने दाबी गरे। … Read more

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

१३ कात्तिक, काठमाडौं टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी … Read more

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ : मन्त्री अधिकारी

नेपालगन्ज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ  सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले कृषि वैज्ञानिक र … Read more

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

१३ कात्तिक, काठमाडौं । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए । नेपाल हाउस क्षेत्रलाई … Read more