चीन भ्रमण तयारीमा ओली, बीआरआई प्रोजेक्टको प्रगति बुझ्न निर्देशन

११ कात्तिक, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको स्रोतले बतायो । सन् २०१७ … Read more

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ : नेता निधि

जनकपुर, कात्तिक ११ गते नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेश प्रदेश सरकारको मधेश–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ … Read more

रविबारे प्रधानमन्त्रीले भने- अनुसन्धान हुँदैछ, अदालतमै उफ्री उफ्री कराउनु ठिक होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायीक प्रक्रियामा रहेका बिषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुसन्धानमा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन् । सहकारीको बचत रकम अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन … Read more

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह

काठमाडौँ, कात्तिक ११- उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल … Read more

ढोरपाटन र मुस्ताङका पर्यटकले बागलुङका होटल भरिभराउ

गलकोट (बागलुङ), कात्तिक ११- चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन् । कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको … Read more

माडी र ठोरी क्षेत्रका बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन चितवन निकुन्जको आग्रह

चितवन, कात्तिक ११- जिल्लाको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यस क्षेत्रमा जङ्गली हात्ती देखिएकाले रातको समयमा एक्लै हिँडडुल नगर्न स्थानीयलाई निकुञ्जले अनुरोध गरेको हो । यस क्षेत्रमा विगत एक सातादेखि जङ्गली हात्ती समूहमा देखिन थालेकाले आवश्यक सावधानी अपनाउन स्थानीयलाई अनुरोध गरिएको … Read more

सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, कात्तिक ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै  नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको … Read more

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो

मनिला – फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्। आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो। राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच … Read more

विश्वकप लिग–२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ, कात्तिक ११ गते। विश्वकप लिग–२ मा नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई दुई खेल खेल्न … Read more

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

काठमाडौं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको … Read more