पर्यटकको रोजाइमा ‘मुन्दुम ट्रेल’

खोटाङ साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन … Read more

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

काठमाडौँ, कात्तिक १० गते । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताउनुभयो । उहाँले … Read more

अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित

काठमाडौँ, कात्तिक १०- अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू) ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ । सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू … Read more

काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु

काठमाडौँ, कात्तितक १०- नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो । सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल … Read more

पर्यटकीयस्थल मोहरेडाँडामा ड्रोनबाट सामान ढुवानी

म्याग्दी अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । “केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट … Read more

जुम्लामा वडाध्यक्षसहित ५ सय ३८ जना माओवादीमा प्रवेश

काठमाडौँ, कात्तिक १०- जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ का निर्वाचित वडा अध्यक्ष धनबहादुर कामी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। स्वतन्त्रबाट उठेर वडाअध्यक्ष जितेका कामी नेतृत्वको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कनकासुन्दरी ६ गोरुचौरमा एक कार्यक्रम गरी पार्टीमा स्वागत गरेका हुन्। कामीसहित वडा सदस्यहरु चनाखी कुलाला र गोल दमाई लगायतका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको … Read more

इरानमाथिको आक्रमण समाप्त भएको इजरायलको घोषणा

काठमाडौँ इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ ।सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ । यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा … Read more

चितवनमा भएको म्याराथन प्रतियोगितामा आर्मीका सञ्जय प्रथम

चितवन, कात्तिक ९- जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको म्याराथन प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ । रोटरी क्लब अफ चितवनले आज आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको म्याराथनमा महिला र पुरुष तर्फ नेपाल आर्मी नै प्रथम भएको हो । पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । अन्तराष्ट्रिय प्रतियोगितामा … Read more

कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एकलाई फिर्ता ल्याइयो

८ कात्तिक, काठमाडौं अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ । नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा रेड नोटिस जारी भएपछि इन्टरपोलको कम्बोडियास्थित एनसीबीले उनलाई डेढ महिना अघि पक्राउ गरेको थियो । अहिले डिपोर्ट गरेर काठमाडौं फिर्ता हुने वित्तिकै उनलाई विमानस्थलबाट प्रहरीले पक्राउ … Read more

वातावरण समितिले भरतपुर महानगरभित्रका खानेपानीको मुहान निरीक्षण तथा संरक्षण गर्ने

भरतपुर,चितवन– भरतपुर महानगरपालिका अन्तर्गतको वातावरण समितिले खानेपानीको मुहान निरीक्षण तथा संरक्षणको कार्य सुरु गरेको छ । अध्यक्ष मनोज रानाभाटको नेतृत्वमा समितिले महानगर भित्रका खानेपानीको मुहान निरीक्षण तथा संरक्षणको कार्य सुरु गरेको हो । जसका लागि वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका रानाभाटको अध्यक्षतामा महानगरमा बिहिबार बिहान बैठक बसेको थियो । उक्त बैठकले सरकार र … Read more