स्वास्थ्य मन्त्रीद्वारा सय दिनमा गरेका काम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, कात्तिक ८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनभित्र गरेका कामहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीले सय दिनको अवधिमा कर्मचारी समायोजको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिनुभयो । साथै उहाँले एम.डी.एम.एस गरी विशेषज्ञता हासिल गरेका … Read more

गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्।हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन्। महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका हुन्।

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ, कात्तिक ८- जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति … Read more

सुनसरीमा १६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे, मण्डपबाटै ८ जना पक्राउ

८ कात्तिक, विराटनगर बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् ।धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ … Read more

कांग्रेस महामन्त्री थापा र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलनमा सहभागी हुन गएका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । दुई जनाको तस्बिर सोसल मिडिया प्लेटफर्म एक्समा सार्वजनिक गर्दै चौथाइवालेले भेटका क्रममा शिष्टाचार भेट र आपसी हितका विषयमा … Read more

कोशीमा कांग्रेसका भूपेन्द्रलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

इटहरी – कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता भूपेन्द्र राईलाई भौतिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूहले मन्त्रीको नाम नपठाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा रहेको मन्त्रालय भूपेन्द्रलाई जिम्मा दिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री रहेका राईलाई बिहीबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।राईले अब प्रदेशको भौतिक पूर्वाधार विकास र स्वास्थ्य … Read more

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

पर्वत, कात्तिक ८- कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गर्नुभएकी क्षेत्रीले माछा, कुखुरा, बाख्रा तथा हाँसपालन गर्दै आउनुभएको हो । दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछा पालन गर्दै आउनुभएकी क्षेत्रीले वार्षिक … Read more

माओ‌वादीको आरोप- सरकार छानीछानी विपक्षी नेतालाई जेल हाल्दैछ

काठमाडौं-  प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध पार्टीले आयोजना गर्न लागेको खबरदारीमा सहभागी हुन अपिल गरेको छ ।खबरदारी सभाबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको प्रदेश कमिटीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको बताए। सरकारको क्रियाकलापले देश अप्ठेरो … Read more

बन्दुकसहित हरिणको मासु बरामद

सर्लाही, कात्तिक ८ गते वनकर्मीको टोलीले सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलबाट बिहीबार भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ । विशेष सुराकीको आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको वनकर्मीको टोलीले बिहीबार बिहान–९ बजेतिर स्थानीय जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासु बरामद गरेको हो । वनका अध्यक्ष … Read more

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

ढाका, कात्तिक ८ गते जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ ।सरकारले “आतङ्कवाद विरोधी ऐन, २००९” को धारा १८ को उप–धारा (१) मा प्रदान गरिएको शक्तिअन्तर्गत बङ्गलादेश अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिगलाई प्रतिबन्ध … Read more