राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ निर्वाचन आयोगले आर्थिक वर्ष २०८०\०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस  गरेको छ ।मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् … Read more

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने

काठमाडौं। महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिटानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए। “उच्च अदालतको फैसला चित्त बुझ्यो भने सरकार पुनरावेदनमा जाँदैन, त्यही फैसला यथावत रहन्छ”, उनले भने, “उच्च अदालतको फैसला चित्त बुझेको हुनाले क्रिकेटर लामिछानेको … Read more

भारतीय गायक नौटियालले पहिलोपटक काठमाडौंमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं, असोज २२- भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको … Read more

मेलम्ची पानी आजदेखि आउँदै

२२ असोज, काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए ।मन्त्री यादवका अनुसार आजदेखि पानी ‘फुलेफ्लेज’ मा दैनिक १७ करोड लिटर छाडिने छ । ‘हामी अहिले सिन्धुपाल्चोकमै छौं, मेलम्चीका स्थानीयसँग सहमति भइसकेको छ । पानी आज साँझसम्म काठमाडौंका धारामा झर्छ,’ … Read more

बाढी पहिरोले देशभरका १५० विद्यालयमा क्षति (विवरणसहित)

काठमाडौँ । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण देशभरका १५० विद्यालयमा क्षति पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्कलन गरेको क्षतिको विवरण अनुसार हालसम्म १५० विद्यालयमा क्षति पुगेको हो । ती मध्ये कतिपय पूर्ण रूपमा भत्किएका छन् । भने केहीमा आंशिक क्षति पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । मन्त्रालयमा … Read more

उपचुनावमा गठबन्धन गर्ने माओवादीको नीति, कांग्रेस-एमालेबाहेकका दलसँग सहकार्य पहल गर्न परिपत्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा चुनावी गठबन्धन गर्ने बाटो खुला राखेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार स्थानीय उपनिर्वाचनबारे विशेष परिपत्र जारी गर्दै कांग्रेस एमालेबाहेक अन्य दलसँग सहकार्यको पहल गर्न पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । परिपत्रमा भनिएको छ, ‘आगामी मंसिर १६ … Read more

भ्रमपूर्ण प्रचार गरेर कार्यकर्ता नभड्काउन भीम रावललाई एमालेको चेतावनी

काठमाडौं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पूर्व उपाध्यक्ष डा भीम रावललाई भ्रमपूर्ण प्रचार गरेर कार्यकर्ता नभड्काउन चेतावनी दिएको छ । सोमबार प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एक विज्ञप्ति जारी गर्दै पार्टी सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले मिडियामा बोलेको कुरालाई लिएर रावलले कार्यकर्तामा भ्रम फैलाएको प्रदेश कमिटीको ठहर छ । अध्यक्ष जैशीले निर्वतमान उपाध्यक्ष तथा पूर्व … Read more

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो । नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज … Read more

पाकिस्तानको कराचीमा आतंककारी हमला, 2 चिनियाँ नागरिक मारिएः पाकिस्तानको विदेश कार्यालय

प्रधानमन्त्री शाहबाज सरिफले सोमबार चिनियाँहरूलाई गत रात कराची विमानस्थल नजिकै भएको आतंककारी हमलाको अनुसन्धानलाई व्यक्तिगत रूपमा निरीक्षण गर्ने आश्वासन दिएका छन्, जसमा दुई चिनियाँ नागरिक मारिएका थिए। आइतबार राति जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकमा ठूलो विस्फोट भएको थियो, जसमा कुल तीन जनाको मृत्यु भएको थियो र एक चिनियाँ नागरिकसहित कम्तीमा 11 जना घाइते भएका थिए। … Read more

सप्तकोशी नदीमा ‘जेटबोट’ सञ्चालन

इनरुवा (सुनसरी) सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ । सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको प्रजिअ तिवारीले बताउनुभयो । बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका … Read more