सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य एक लाख ६० हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १० … Read more

बाढीपहिरोका कारण अलपत्र एक सय ६३ विदेशी पर्यटकको उद्धार

काठमाडौँ बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद  पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो । सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग … Read more

मतदातासँग सार्वजनिक सुनुवाइ गर्ने रवि शुक्रबार चितवन आउने

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन आउने भएका छन् । चितवनको मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने सभापति लामिछानेले असोज १८ गते (शुक्रबार) चितवनमा आउने भएका हुन् । शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सभापति लामिछानेले सार्वजनिक सुनवाइ गर्न लागेका हुन्। आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन … Read more

सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई दृष्टिगत गरी तीन वटै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा … Read more

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौँ नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर १४ हजार ९७५ जनामध्ये ७ जनाको मृत्यु भएको हो । माघ दोस्रो साता यताको यो संख्या हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ । ईडीसीडीका प्रमुख डा।यदुचन्द्र घिमिरेका अनुसार बाढी … Read more

चितवनमा प्रथम विश्व प्रकाश कप फुटबल हुने

चितवन चितवनमा प्रथम विश्व प्रकाश कप फुटबल हुने भएको छ । दशैं तथा दिपावलीको अवसरमा विश्व प्रकाश स्कुल टोल विकास संस्थाले भरतपुर-१५ शुन्दरचोक, मंगलपुरमा यही असोज १७ गते देखि २० गतेसम्म फुटबल आयोजना गर्न लागेको हो । विश्व प्रकाश माविको खेल मैदानमा हुने खेलमा जिल्ला भरीका विभिन्न टोल वडाबाट टिम सहभागी हुने र बाहिरी जिल्लाबाट … Read more

स्वास्थ्य संस्थाको वर्गीकरण शैय्याको आधारमा नभई सेवाका आधारमा हुनुपर्छ : मन्त्री पौडेल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाको वर्गीकरण शैय्याको आधारमा नभई सेवाका आधारमा हुनुपर्नेमा जोड दिनुभएको छ । असोज १५ गते काठमाडौंमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि सार्वजनिकिकरण कार्यक्रममा मन्त्री पौडेलले अस्पतालको वर्गीकरण सेवाका आधारमा गर्नुपर्ने बताउनुभएको हो । ुवीर अस्पताल र स्वास्थ्य चौकीलाई एकै समूहमा राख्न मिल्छ ररुु उहाँले प्रश्न … Read more

प्रहरीमा एक एआईजी र पाँच डीआईजी पद रिक्त, दसैंअघि बढुवा नहुने

काठमाडौं। विगत एक महिनादेखि नेपाल प्रहरीको रिक्त रहेको पदमा बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। भदौ १६ देखि अहिलेसम्म नेपाल प्रहरीमा एक एआइजी र पाँच डीआईजीको पद रिक्त भएको छ। डिआइजी यज्ञबिनोद पोखरेलले अवकाश पाएसँगै एक एआइजी र पाँच डिआइजीको पद रिक्त भएको हो। विपत्तिमा नेपाल नभएका आइजीपी वसन्तबहादुर कुँवरको अनुपस्थितिमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी … Read more

एमालेको ३७औं केन्द्रीय सचिवालयको बैठकले गरेको ७ निर्णयहरू के–के हुन् ?

काठमाडौँ / नेकपा (एमाले) को ३७औं केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । यस्ता छन् बैठकका अन्य निर्णयहरु : १. बाढी पहिरोमा परी निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई बैठकले आग्रह गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना … Read more

बाढी, पहिरो र डुबानले २१ जिल्ला प्रभावित : २२४ जनाको मृत्यु

काठमाडौं, असोज ११ र १२ गतेको काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानले २१ जिल्ला प्रभावित भएका छन्। मंगलबर प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले बाढी, पहिरो र डुबानको क्षति र उद्धारको … Read more