प्रधानमन्त्रीलाई तोसिमाको प्रश्न: सय दिनको उपलब्धि रवि समाउने हो?

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् डा.तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको सय दिने उपलब्धिबारे प्रश्न उठाएकी छन्। उनले सय दिनमा ओली सरकारले सिन्को भाँच्न नसकेको उल्लेख गरिन्। सांसद् कार्कीले पार्टी सभापति रवि लामिछानेको पक्राउलाई जोड्दै विचौलियाले चलाएको सरकार सबै बल लगाएर एक जना व्यक्ती पक्रन लागिपरेको आरोप लगाएकी छन्। साथै, उनले वर्तमान सरकारसँग जवाफदेहिता, … Read more

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

ढोरपाटन बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो। विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ। टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन … Read more

इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु

गाजा उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम विस्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ । इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ । … Read more

रविलाई पक्राउ गरेर प्रधानमन्त्रीले आफ्नो कुण्ठा मात्र पोखेः मनिष झा

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ ।शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताए । सहकारीको रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र … Read more

बुलिङटारबाट कावासोती आएको बलेरो जिप बालुवाडाँडामा दुर्घटना, १ जनाको मृत्यु ,२५ जना घाइते

नवलपुर  नवलपुरको कावासोती–१ बालुवाडाँडामा बलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आज शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय … Read more

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिव जनार्दन शर्मागायतका नेताहरू किन चितवन पुगे?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरू चितवन पुगेका छन् । उनीहरूलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवं शुभेच्छुकहरूले स्वागत गरेका थिए । बेपत्ता योद्धा दण्डपाणि न्यौपाने र अन्य शहीदहरूको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरू चितवन पुगेका हुन् । न्यौपाने र … Read more

रवि पक्राउ सरकारको कुण्ठा र प्रतिशोध मात्र : मनिष झा

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ । शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताए । सहकारीकाे रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको … Read more

लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन

पोखरा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् । रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी शुरु गरेका छन् । प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ । रास्वपाले आज काठमाडौंको … Read more

चितवनमा २२ सय बढीमा डेङ्गु सङ्क्रमण, भरतपुर महानगरमा ७५७ जना सङ्क्रमित

चितवन चितवनमा दुई हजार २०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । छ हजार ४६९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये एक हजार ७२८ जना चितवनका हुन् भने बाँकी ५६७ जना बाहिरी जिल्लाका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । भरतपुर … Read more

पोखराको मानव अधिकार चोकमा रवि समर्थकको प्रदर्शन (तस्वीरहरू)

 काठमाडौं पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेका छन् ।पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ ।उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका … Read more