रवि र छविको मुद्दा बुटवल उच्च अदालतको एक नम्बर इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास अन्तर्गत एक नम्बर इजलासमा परेको छ । लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् । यो मुद्दा एक नम्बर इजलासमा न्यायधिश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा परेको उच्च अदालत बुटवलका … Read more

सकियो एमालेको मतदानः ९८.४ प्रतिशत मत मस्यो

नेकपा (एमाले)को महाधिवेशनमा मतदान सकिएको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान बिहीबार बिहान सकिएको हो ।मतदानमा ९८.४ प्रतिशत मत खसेको छ ।  महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि भोटर थिए । महाधिवेशनमा इलेक्ट्रिक मतदान भएको हो । भोटिङमा समय लागे पनि इलेक्ट्रिक मतदान भएकाले मतगणनामा भने धेरै समय नलाग्ने एमाले निर्वाचन आयोगले जनाएको … Read more

एमाले महाधिवेशनः मतगणना सुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताउनुभयो । आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको र ३६ … Read more

एमाले महाधिवेशनः अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।

खगेन्द्रप्रसाद र रुद्रकलीलाई लिन भैरहवा आइपुग्यो जहाज

खगेन्द्रप्रसाद र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज भैरहवा आइपुगेको हो । खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइएको हो । यसअघि आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट भएको … Read more

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका … Read more

चितवनमा जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । … Read more

टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालसहित एसियाका सात देशमा हुने

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर सुरु भएको छ। भारतमा सुरु भएको ट्रफी टुर एसियाका देशमा हुनेछ। जसमा भारतसहित श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी-२० विश्वकपको ट्रफी ल्याइनेछ। टुरका दौरान लाखौं फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ। यस्तै टुरमा क्याम्पस भ्रमण, फ्यान भेटघाट, सार्वजनिक सक्रियताहरू र क्रिकेट कार्निभलहरू जस्ता विविध कार्यक्रमहरू समावेश … Read more

रौनित बने निर्विरोध निर्वाचित हुन् एमालेका कान्छा केन्द्रीय सदस्य

नेकपा एमालेमा कान्छो केन्द्रीय सदस्यमा रौनित साह निर्विरोध निर्वाचित भएका छन् । मधेशबाट ४० वर्ष मुनिका युवाको तर्फबाट निर्विरोध निर्वाचित भएका साह निर्विरोध भएकामध्ये सबैभन्दा कान्छो उम्मेदवार हुन् । साहको जन्म २०५२ माघ २८ गते भएको हो । उनी सर्लाही जिल्ला कमिटी अध्यक्ष, ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै हाल भूमि आयोग सर्लाहीको पनि सदस्य … Read more

वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२ का लागि यो ऋण उपलब्ध गराउन लागिएको हो । अर्थ मन्त्रालयमा … Read more